साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झाेलेकाे लाग्छ लस्कर

म जस्ताे उच्च दर्जाको के फिर्थ्यो अब गाउँमा नयाँ पार्टी र झाेलाले फर्किएँ उही ठाउँमा । थिए झ्याम्ले र गल्याँठा एकमा एक माहिर वैरिएरै उता आए प्राज्ञको खान जागिर ।।

Nepal Telecom ad

हाेम सुवेदी :

भ्रष्टाचार जमाएर गरेर धन सञ्चित
रोपेर विषको वृक्ष कहाँ फल्छ र अमृत ?

यस्तो आदर्शकाे झोला उहिल्यैदेखि फालियो
त्यस्ता साेच सबै फाली साँढेझै चर्न थालियो ।।

साँढेले हरियाे घाँस जता देख्छ उतैतिर
जानु हो उसको धर्म मनमा लिन्छ के पिर ।।

जता मल्खु उतै ढल्कु त्यही उत्तम देखियो
साँढेझैँ म उतै लागेँ जता लाग्दा मजा थियो ।।

चार तारे लिएँ झन्डा किनेर अनि त्याे भिरेँ
प्रज्ञाको पदमा छिर्न पैले काङ्ग्रेसमा छिरेँ

भिरेर तिनकै झोला प्राज्ञको पगरी गुतेँ
उठ् भन्दा तिनले उठ्थेँ सुत भन्दा तिनले सुतेँ ।।

त्यसैले पगरी पाएँ प्रज्ञाभित्र घरी घरी
भयो विश्वास मैमाथि पञ्चबाटै भएसरि ।।

माथिल्लै पद पाएर हात हालेँ बजेटमा
खुला स्वभाव मेरो छ कुरा राख्तिनँ पेटमा

हड्डी अन्यत्र फालेर ह्याकुलो मात्र खाइयाे
आफ्ना मान्छेहरू हाल्ने भर्ती केन्द्र बनाइयो ।।

बोलाए पञ्चले फेरि त्यता म किन छिर्दथेँ
झाेला यो भिर्न छाडेर अरूको किन भिर्दथेँ ।।

राजाको नाममा खाएँ जनकाे नाममा घिचेँ
अन्न्याय जसले ठान्यो उसलाई यसै मिचेँ ।।

झोले लुच्चाहरूलाई टाढै पन्साउँदै गएँ
अर्को प्रज्ञाप्रतिष्ठान खोली मन्साउँदै गएँ ।

असीमित भयाे मेरो मानसम्मानको धन
धनैबाट गरेँ मैले झाेलेकाे मानमर्दन ।।

प्राज्ञका नाममा झोले चम्चेले अति नै पिरे
गाउमा जो थिए हुक्के कमलादीतिरै छिरे ।

भयाे थन्क्याउनै गाह्राे झाेलेकाे लाग्छ लस्कर
झाेले मात्र कहाँ हाे र प्राज्ञ हुँ भन्छ तस्कर ।

जङ्गली गणले बाले प्रज्ञामा क्रान्तिकाे दियो
व्यवस्थापन गर्दैमा मेरो जागिर खुस्कियो ।

म जस्ताे उच्च दर्जाको के फिर्थ्यो अब गाउँमा
नयाँ पार्टी र झाेलाले फर्किएँ उही ठाउँमा ।

थिए झ्याम्ले र गल्याँठा एकमा एक माहिर
वैरिएरै उता आए प्राज्ञको खान जागिर ।।

छिर्न लस्कर लागेर वैरिए यही ठाउँमा
अतः प्रज्ञाप्रतिष्ठान खाेलियो गाउँ गाउँमा ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x