साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्याे पर्दैन

भातकाे कमी भए भातका बिरुवा राेप पानी कम भए पानीका नर्सरी गर खुट्टा चोप मौका छोप तिमी भनौला सुख र समृद्ध हुन काम गर्नु पर्छ तर म भन्छु त्याे पर्दैन ।

Nepal Telecom ad

हाेम सुवेदी :

अब पनि अमेरिकी साम्राज्यवाद
भारतीय विस्तारवाद भनौँ कि
आफूले देखाएका सपना गनौँ कि
शत्रु पुर्ने खाल्टो खनौँ कि
प्रभो हाम्राे ता मेलाे नै सर्दैन
अब सबै छाड, त्यो पर्दैन ।

रेलकाे लिकबारे कुरा त्यसै छन्
पानी जहाजका कुरा पनि यत्तिकै छन्
केही भ्युटावर लड्लान् जस्ताे छ
जे हाेस् दैलेखकाे ग्यास सस्ताे छ
वीरगञ्ज चिनी कारखाना खाेलौँ कि
गोरखकाली टायरबारे केही बाेलौँ कि
प्रभो हाम्राे ता पेटै भर्दैन
अब सबै छाड, त्यो पर्दैन ।

आफ्नै भू उपग्रह उडाऊँ कि
साम्राज्यवादीकाे दाम्लाे चुँडाऊँ कि
इच्छा ता धेरै छन् राष्ट्रपिताज्यू
लुम्बिनी पाेखरा केरुङकाे रेल गुडाऊँ कि
जनसंख्या बढाउन मर्जी भा हुँदा
प्रभो हाम्राे ता भोक नै मर्दैन
अब छाड याे कुरा त्यो पर्दैन ।

प्रभु त्याे पर्दैन भने अब के गर्ने त ?
यता सुन, मनमा गुन
खाली ठाउँमा मरिचका रुख राेप
कागतीका लहरा लगाऊ
पाटाका रुख उमारेर त्यसमा
नरिवलका लहरा फैलाऊ
भातकाे कमी भए भातका बिरुवा राेप
पानी कम भए पानीका नर्सरी गर
खुट्टा चोप मौका छोप
तिमी भनौला सुख र समृद्ध हुन
काम गर्नु पर्छ
तर म भन्छु त्याे पर्दैन ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x