साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्यारो शिष्यलाई गुरुको अर्ति

भकारी भरी धान छ । गाउँभरी मान छ, गोठ भरी बस्तु छन् । घर परिवार मस्त छन् । मलाई चाहिँ के भएको होला ?

Nepal Telecom ad

अमला तेलको चिल्लो कपालमा घसेको, जुँगाको रेखी ओठमाथि बसेको एउटा अल्लारे केटो जवानी भरिएको ठिटो निकै परदेखि आएको देखिन्छ । लर्खराएर धर्खराएर हिँडेको भान हुन्छ । एकै क्षणमा घरमा आइपुग्छ र गुरुलाई प्रणाम गरी हात जोडेर भन्छ- “हे गुरुदेव मैले नखाएको अथवा भात मजले नरुचेको धेरै दिन भयो । राती नीद पनि लाग्दैन दिनमा भोक तिर्खा पनि छैन ।

‘मनमा चयन पनि छैन’ झलमल्ल घाम लागेका छन् र पनि अँध्यारै देख्छु कहीँ कत देखेको पनि छैन, कुनै त्यत्रो दुखद् घटना पनि छैन, घरमा प्यार ममता पनि राख्छन्, मायाँ पनि गर्छन, घरमा कुनै कुराको कमी छैन । भकारी भरी धान छ । गाउँभरी मान छ, गोठ भरी बस्तु छन् । घर परिवार मस्त छन् । मलाई चाहिँ के भएको होला ?

गुरु- तिमीलाई कहिलेदेखि यस्तो भएको त ?
शिष्य- त्यस्तै आठ/दश दिन भयो होला ।
गुरु- तिम्रो बिहे भएको छ कि छैन त ?
शिष्य- भयो ।
गुरु- कहिले भो ?
शिष्य- डेड दुई महिना भयो होला ।
गुरु- म ध्यानदृष्टिले हेर्छु के भएको रहेछ । (एकछिन ध्यान गर्छन् अनि आँखा खोल्छन् र भन्छन्) तिम्रो विमार मैले सबै पत्ता लाएँ । तिम्री श्रीमती अहिले माइत गएकी रहिछन् अनि तिम्रो बानी बिग्रिएर त्यस्तो भएको रहेछ तर तिमीलाई मात्र त्यस्तो भएको हैन, तिम्री श्रमितीलाई पनि त्यस्तै भएको रहेछ, छिट्टै घर जान पाए हुन्थ्यो भनेर छट्पट् र खटपट् गरिरहेकी रहिछन् । कोसेली बनाउँदैछन् भोलि या पर्सि आइपुग्छिन् अनि तिम्रा विमार सबै निको हुन्छन् ।

शिष्य- “हुन्छ गुरु” भन्दै नमस्कार गर्छ, मुसुमुसु हाँस्तै घरतिर लाग्छ ।

झापा, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘क’ काे कथा

‘क’ काे कथा

डम्बर घिमिरे
को ठूलो ?

को ठूलो ?

डम्बर घिमिरे
ठूलो हुने रहर

ठूलो हुने रहर

डम्बर घिमिरे
कस्की बुढी राम्री ?

कस्की बुढी राम्री ?

डम्बर घिमिरे
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x