भक्तबहादुर नेपालीत्यो सिंह मर्दछ
कालोमा कालो कुहिएको टालो चिवेको स्परुप न प्रष्ट बोल्छ सिस्नो छैँ पोल्छ देख्दैमा कुरुप ।

पसुको राजा त्यो सिंह बहादुर ऊ आफै मूर्ख छ
पानीको छायाँ देखेर माया कुवामा कुद्दछ
त्यो मर्छ मर्छ अवस्य मर्छ धापमा पर्दछ
असक्षम जन्तु सक्षम हुन्न मर्न त पर्दछ ।
स्याललाई काल आएमा पछि सहर पस्छ रे
मानिसका बिच त्यो मुर्ख पसु कसरी बच्छ रे
अवस्य अब आएछ काल बिचरा पसुको
तैपनि भक्ति गरेर बस्छ भार्या र यसुको ।
कालोमा कालो कुहिएको टालो चिवेको स्परुप
न प्रष्ट बोल्छ सिस्नो छैँ पोल्छ देख्दैमा कुरुप
तेसका पनि पछौटे छन् नि पसुका लहर
जुठो र पूरो खानका लागि हर्दम तयार ।
सानोमा सानो खरायो पनि निडर भएर
सिंहलाई मार्यो हामी नि मारौँ समिपै गएर
लाएर बुद्धि नफालि सुद्धि जङ्गली पसुलाई
तागत हाम्ले देखाउनै पर्छ भार्या र यसुलाई ।
यी पसु मारि सिनित्त पारि ढुक्कले बस्ने हो
फलामे साङ्गलो घाँटीमा बेरि बेसरी कस्ने हो
यो नर लोक्मा कसरी सहने पशुको सासन
मानिसको सासन मानिसै गर्छ मानवी शासन ।
२०७९ ३।१ ।
ललितपुर
Subscribe
Login
0 Comments
Oldest






































