साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुइरे पस्यो यो देशमा

डाँडा पारि धारो पानी ल्याउन गारो, कसोगरि म भरौँ बुद्धीजीवी भन्छन् झोलै बोकी हिँड्छन यिन्का कुरा के गरौँ ।

Nepal Telecom ad

(असारे भाकामा)

असारको महिमा अब किन छैन, लाठे रोपार बिदेशमा
लाउके र टाउके गफै मात्र लाउँछन् के होला खोइ यो देशमा
कस्ले हाल्यो भाँजो, खेतै रह्यो बाँझो किन होला यो देशमा ?
पिर माथि पिर, यो मन छैन थिर कुइरे पस्यो यो देशमा ।

पौरखी हात बिदेशमा गयो, झोले मात्र नेपालमा
बुढा र बुढी रुन्छन् डाँको छोडी, हात राखेर कपालमा
डाँडा पारि धारो पानी ल्याउन गारो, कसोगरि म भरौँ
बुद्धीजीवी भन्छन् झोलै बोकी हिँड्छन यिन्का कुरा के गरौँ ।

धुरिमा लाग्ने ध्वाँसो र मोसो मझेरीमा लाग्ने लेउ
हे झोले दिदी, हे झोले भाइ, झोला बोक्न छोडिदेउ
टाउकेका भर नपर है अब, आफ्नै बुद्धि खियाईदेऊ
हो होइन तर आफै बिचार गर, दुनियालाई ब्युझाई देऊ ।

गाउनै छाडे गीत झम्के दिदीसित, स्युचाटारे नरनाथ
अचेल दिन-दिन देखिदैनन् किन सिरुटारे जीवनाथ
असारे गाउँथे धक्कु धेरै लाउँथे वालचन्द्र भाइ पनि
देख्दिन है म ता गएछन् ती कता झोले भाको सुन्छु नि ।

म एक्लो ठिङ्गो बसिराछु सिङ्गो झ्याउरे गीत गाएर
फूलमायासित कहिले गाउने गीत दहि च्युरा खाएर
हे वालचन्द्र, असारको पन्द्र गैरी खेतमा आउनू है
असारे गीत झम्के मायासित हाँसि हाँसि गाउनू है ।

२०७९।३। ९। जाउलाखेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवाडी र गफाडी

कवाडी र गफाडी

भक्तबहादुर नेपाली
झोलेसँग दोहोरी

झोलेसँग दोहोरी

भक्तबहादुर नेपाली
काग र कोइली

काग र कोइली

भक्तबहादुर नेपाली
हँस्यौलीका तीन खित्का

हँस्यौलीका तीन खित्का

भक्तबहादुर नेपाली
त्यो सिंह मर्दछ

त्यो सिंह मर्दछ

भक्तबहादुर नेपाली
दुःख पायौ मङ्गले, आफ्नै ढङ्गले

दुःख पायौ मङ्गले, आफ्नै...

भक्तबहादुर नेपाली
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x