साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काग र कोइली

तैपनि किन लेख्दैन कवि कागको महिमा, गुणीको गुण नदेख्ने बानी रहेछ हामीमा ।

Nepal Telecom ad

कागको किन बखान हुन्न, कोइलीको गर्या छन्
कोइलीको बच्चा हुर्काउने काग छायाँमा पर्या छन्

त्यो अल्छी कोइली कागको गुँडमा सुटुक्क गएर
पारेर फुल ऊ फर्कि आउँछे साखुल्ले भएर

बिचरी काग ओथरा बस्छे त्यै फुल छोपेर
हुर्किएपछि कोइली बच्चा गैहाल्छे उडेर

वसन्त लाग्दा काफल पाक्दा कोइली कराउँछे
झरि र वर्षा शीत र धुप्मा त्यो कता हराउँछे

परन्तु काग साँझ र बिहान घर्घरमा आउँछ
जुठो र पुरो खाएर पनि खुसीले रमाउँछ

तैपनि किन लेख्दैन कवि कागको महिमा
गुणीको गुण नदेख्ने बानी रहेछ हामीमा

श्रमको मोल सिन्कीको झोल, भएर गाको छ
नगरी काम तापेर घाम बन्ठाले खाको छ

कहिले हट्ला यो पापी रित सिनित्त भएर
कहिले आउला दुःखीको दिन उज्यालो छरेर ।

२०७९।४।५। जाउलाखेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवाडी र गफाडी

कवाडी र गफाडी

भक्तबहादुर नेपाली
झोलेसँग दोहोरी

झोलेसँग दोहोरी

भक्तबहादुर नेपाली
कुइरे पस्यो यो देशमा

कुइरे पस्यो यो देशमा

भक्तबहादुर नेपाली
हँस्यौलीका तीन खित्का

हँस्यौलीका तीन खित्का

भक्तबहादुर नेपाली
त्यो सिंह मर्दछ

त्यो सिंह मर्दछ

भक्तबहादुर नेपाली
दुःख पायौ मङ्गले, आफ्नै ढङ्गले

दुःख पायौ मङ्गले, आफ्नै...

भक्तबहादुर नेपाली
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x