साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लजाएको लाज

न लुगाले लाज छोपिन्थ्यो, न लुगा त्यागेर लाज त्यागिन्थ्यो । लाज छोप्ने र त्याग्नेको संवाद सुनेर लाज स्वयम् लाजसँग नै लजाएको थियो ।

Nepal Telecom ad

सम्राट सिंहासनमा बसेका थिए । तर उनी वस्त्रविहिन थिए । देशलाई वस्त्रमुक्त बनाउने उनको लक्ष्य थियो । त्यसैले उनले जनतालाई वस्त्र लगाउन प्रतिबन्ध लाएका मात्र थिएनन्, देशमा वस्त्र उद्योग पूरै बन्द गर्न आदेश दिएका थिए ।

देशवासी लुकिछिपी घरायसी तानमा बुनेका लुगा लाउँथे, तर सम्राटले थाहा पाएमा पक्राउ पर्थे । एक दिन एक वस्त्रधारी राजआज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ पर्‍यो । उसलाई सम्राटका अगाडि उभ्याइयो ।

“राजआज्ञा उल्लंघन गरेर लुगा किन लगाएको ?” सम्राटले सोधे ।
“लाज छोप्न महाराज ।” वस्त्रधारीले भन्यो ।
“मेरो साम्राज्यमा बस्नेले लाज त्याग्नुपर्छ भन्ने तँलाइ थाहा भएन ?” वस्त्रविहिनले सोधे ।
“मैले लज त्याग्न सकिनँ, त्यसैले वस्त्रले छोपेँ महाराज ।” वस्त्रधारीले थप स्पष्ट पार्‍यो ।
“लाज त्यागे लाज छोप्ने वस्त्र पनि त्याग्न सकिन्छ । ‘एकम् लज्जाम् परित्यजम् सर्वत्र विजयी भवेत्’ भन्ने सुनेको छैन ?” सम्राटले शास्त्रको कुरा सम्झाए ।
वस्त्रधारीले लाज त्याग्दैमा विजय नहुने तर्क गर्‍यो ।

वस्त्रधारीको अडान सम्राटलाई पचेन, उनले कड्किँदै भने- “लाज त्यागे सबैतिर विजय भइन्छ । विजय हुनु राजधर्म हो । राजालाई सहयोग गर्नु प्रजाको कर्तव्य हो ।” विजयको कुरा गर्दा सम्राट अलि उत्तेजित भए ।

प्रजाले लाज छोप्न लुगा लगाएको थियो । सम्राटले लाजलाई त्याग्न लुगा खोलेको थियो । संवाद चलिरहेको थियो । वस्त्रधारी र वस्त्रविहिनको संवाद लाजले सुनिरहेको थियो ।

न लुगाले लाज छोपिन्थ्यो, न लुगा त्यागेर लाज त्यागिन्थ्यो । लाज छोप्ने र त्याग्नेको संवाद सुनेर लाज स्वयम् लाजसँग नै लजाएको थियो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x