साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनन्त शून्य

सबै आफसे आफ पो चलिरहेछ कसैले केही गरेको छैन, सबै आफैँ भइरहेछ यहाँ कसैले हारेको वा जितेको छैन ।

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

म धर्तीमा जन्मेको छु मेरा निर्दोष आँखाहरूले देखिरहेका छन् सडकमा गाडी कुदिरहेका छन् आकाशमा चरा उडिरहेका छन् । सूर्य उदाउने अस्ताउने क्रम निरन्तर जारी छ । दिनपछि रात आउँछ, रातपछि दिन आउँछ सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष, दशक, शताब्दी, सहश्राब्दी गर्दै सृष्टिको चक्र चलिरहेको छ । न कसैले रोक्न सक्छ, न कसैले अलि छिटो दौडाउन सक्छ

तथापि मलाई लाग्दै छ- संसारमा जे भइरहेछ, मेरै लागि भइरहेछ संसार मेरै लागि बनेको हो दिन मलाई आनन्दित दिन बनेको हो, रात मलाई विश्राम दिन परेको हो संसार कुदिरहेछ मेरै लागि संसारमा जे बनेको छ, त्यो सबै मेरै लागि ।

म जवान हुँदै छु मभित्र ‘म’ले डेरा जमाउन थालेको छ। हरेक मान्छेमा ‘म’ले डेरा जमाउँछ मभित्रको ‘म’लाई लाग्न थालेको छ- “संसार मेरो लागि बनेको मात्र होइन रहेछ, बरु संसार नै मैले पो चलाएको रहेछ म जे भन्छु, संसारमा त्यही हुन्छ म जे गर्छु, संसार त्यही सिको गर्छ मैले जता लग्यो संसार त्यतैत्यतै जान्छ ।”

बिस्तारै मेरो उमेर ढल्कदै छ । लाग्दै छ- संसार मैले चलाएको भनेको त संसारले पो मलाई चलाइरहेको रहेछ म त निमित्त मात्र रहेंछु कसैको इशारामा चलिदिनुपर्ने मेरो नियति रहेछ ।

म एक दिन मृत्युको सङ्घारमा पुग्छु मलाई बोध हुन्छ यहाँ कसैले कसैलाई चलाएको छैन । सबै आफसे आफ पो चलिरहेछ कसैले केही गरेको छैन, सबै आफैँ भइरहेछ यहाँ कसैले हारेको वा जितेको छैन । सबै समान रहेछ कसैले केही प्राप्ति गरेको छैन, न त कसैले केही गुमाएको छ । हार, जित, प्राप्ति, गुमाउनु सबै भ्रम रहेछ ।

यहाँ केही छैन, मात्र अनन्त शून्य रहेछ ।

०००
मो. ९८५१०५३१२७
tikaram.pokharel@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
मानवता

मानवता

लक्ष्मी रिजाल
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x