साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक …विद्को बकपत्र

फेरि प्रश्न : – ‘यी सबको समाधान के त ?’ मेरो प्रश्न । – ‘कुनै उच्च ओहदामा मेरो नियुक्ति ।’ उनको उत्तर । – ‘अनि आगो ?’ प्रश्न । – ‘त्यसपछि म निभाइदिन्छु ।’ उत्तर

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

राजनीतिक बजार तात्यो :
– एमालेमा शीर्ष नेताहरु बिचको विवादले तीव्र ध्रुवीकरण ।
– काङ्ग्रेसमा संस्थापनइतरमाथि कारवाहीको डण्डा चलाउँदा इतर पक्षबाट बिद्रोहको धम्की ।
– माओवादी अध्यक्षलाई आफ्‌नै विश्वासिलाबाट चुनौती, पार्टी छोडेर जान सुप्रिमोको चेतावनी ।
– राप्रपामा नेतालाई जिम्मेवारीबाट हटाइँदा पार्टी फुटको सङ्घारमा ।
– रास्वपाको संसद बहिष्कार यता न उता, परिणाम कता न कता ।

तर आर्थिक बजार तातेन :
– शेयर बजार घट्यो ।
– घरजग्गा कारोबार ठप्पै छ ।
– मितेरी पुल बगायो । चीनसँगको व्यापार बन्द हुँदा राजश्व घट्यो ।
– भारतसँगको व्यापार सधैँ घाटामा । यो वर्ष घाटा झनै बढ्यो ।
– सांसदलाई निर्वाचन क्षेत्रमा बजेट दिँदा गौरवका राष्ट्रिय योजनामा भारी बजेट कटौती ।
– भ्रष्टाचारमा देश विश्वकै पहिलो स्थानमा पुग्ने डर ।

समसामयिक सवालमा एक विद्वान्‌सँग प्रश्नोत्तर :
– ‘आर्थिक बजार सेलायो, तताउन के गर्ने ।’
– उनले भने– ‘आगो लगाउने ।’
– म हासेँ, मज्जाले ।
– ‘किन हाँस्नु भो ?’ उनले मलाई नै सोधे ।
– ‘तपाईँको जोक सुनेर ।’ मैले भनेँ ।
– ‘म जोकर हो र ?’ उनको फेरि प्रश्न ।
– ‘मतलब, आर्थिक बजारमा आगो लगाउने कुरा ?’ मेरो हाँस्नुको स्पष्टीकरण ।
– ‘राजनीतिमा आगो लगाउँदा राजनीतिक बजार तात्छ भने आर्थिक बजार तताउन पनि उही सूत्र प्रयोग गर्नुपर्छ, आगो सूत्र ।’ उनको पनि स्पष्टीकरण ।

त्यसपछि उनको उपदेश :
– देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ ।
– देश भ्रष्टाचारले डुङडुङ गनाएको छ ।
– देशभित्र उत्पादन केही छैन, निर्यात शून्य छ ।
– देशभन्दा नागरिक धनी छन् ।
– राजनीति गर्नुको मुख्य उद्देश्य पैसा, पैसा, पैसा ।
– राजनीतिक नियुक्तिमा जताततै बिचौलियाको हालिमुहाली चलिराको छ ।
– यी सब कुकृत्यमाथि आगो लगाउने कुरा गर्दैछु म ।

फेरि प्रश्न :
– ‘यी सबको समाधान के त ?’ मेरो प्रश्न ।
– ‘कुनै उच्च ओहदामा मेरो नियुक्ति ।’ उनको उत्तर ।
– ‘अनि आगो ?’ प्रश्न ।
– ‘त्यसपछि म निभाइदिन्छु ।’ उत्तर

उनको बकपत्र सुनेर फेरि म हासेँ– ‘खितखितखित …. ।’

०००
काठमाडाैं
मोबाइल : ९८५१०५३१२७
tikaram.pokharel@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x