साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि बन्ने रहर

जसरी नि मलाई अब कवि बन्नु पर्‍यो राजनीतिको झोला छोडी यस्तो रहर गर्‍यो, कवि बन्न गर्नसक्छु सबै योग्यता पूरा एउटा पूरा गर्न सक्दिन कविता लेख्ने कुरा ।

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

कवि !
लेखनाथ, देवकोटा, सम, घिमिरे, भूपी, काइँला र कोइरालाहरु सम्झेँ ।
ओहो ! कत्रो सम्मान ।

पछिल्ला समयमा बजारमा देखा परेका भर्खरै दाएका गोरुका बहरको जस्तो जोश भएका जल्दाबल्दा कविहरुको चुरिफुरी सम्झेँ ।
कविका सम्मान त कति हो कति ? घाँटीभरि माला, हातभरि प्रमाणपत्र, जहाँ उभियो त्यहाँ ताली । युवा कविहरुलाई कार्यक्रममा कविता भन्न भ्याइनभ्याई । बल्लबल्ल समय मिलाएर कविता भन्न गयो, वान्समोरले अर्को ठाउँमा पुग्ने रुटिन नै बिग्रने कविहरुको ।
यो देशमा नेता खाने गाली, कवि खाने ताली ।
अनि मलाई पनि कवि बन्ने रहर जाग्यो ।

विगतमा अलिअलि गरेको राजनीतिको झोला बागमतीमा लगेर सेलाएँ ।
झोलेबाट मुक्ति भएँ । कवि बन्ने अर्को कित्तामा पाइला राखेँ ।
अनि नाम चलेका कवि जस्तै बन्ने लोभमा कविता लेख्न सुरु गरेँ ।्‌

तर :
लेखनाथ बन्न खोजेँ लेख्नै आएन
देवकोटा बन्न खोज्दा कोटा पाएन,
बालकृष्ण बन्न खोज्दा बालै दिएनन्‌
मेरा कविताको प्रशंसक किन भएनन् ?

घिमिरे बन्न खोज्दा तिरमिरे भो आँखा
लौन भूपी भनिदेऊ कस्तो हुन्छ भाका,
कवि बन्ने रहर चाहिँ गरेँ मैले अहिले
कवि चाहिँ म अब बन्ने होला कहिले ?

युवा कवि देख्दाखेरी डाहा लागेर आउँछ
मेरो मनको कुरा ऊ पो भाका हाली गाउँछ,
लौन प्रभु ! मलाई पनि कवि बनाइदेउ न
दस्तुर लाग्ने भए बरु बिल पठाइदेउ न ।

जसरी नि मलाई अब कवि बन्नु पर्‍यो
राजनीतिको झोला छोडी यस्तो रहर गर्‍यो,
कवि बन्न गर्नसक्छु सबै योग्यता पूरा
एउटा पूरा गर्न सक्दिन कविता लेख्ने कुरा ।

०००
२५ साउन २०८२, गाईजात्रा
बुढानीलकण्ठ, काठमाडौँ
मोबाइल : ९८५१०५३१२७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x