साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जात्रा चोर

सरकारी जग्गा चोर्ने, जहाजका पार्टपूर्जा नै उडाउने, कुलिङ पिरियड चोर्ने, बहुबिबाहको कानून नै चोर्ने, ढ्कुटी चोर्ने, विकासका योजना चोर्ने, नीति नियम सबै चोर्ने ।

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

गाईजात्रा सप्ताह चलेको छ । उहिले हाम्रा पालामा त सप्ताह त श्रीमद्भागवत महापुराण सप्ताह हुन्थ्यो । पुराणको सप्ताह चोरेर गाईजात्रामा ल्याएर जोडेछन् । नेपालबाट सप्ताह चोरी भएर हो कि क्या हो आजकल पुराणवाचकहरु विदेशतिर घुमेका देखिन्छन् ।
देशमा सप्ताह मात्र चोरी भएको होइन, जात्रा पनि चोरी भएको छ । गाईजात्रा भनेको त गाईहरुको गाईहरुको जात्रा हो । परम्परागत गाईजात्रामा पात्रहरु गाई हुन्थे । गाईहरु सिँगारिएर बजारमा निस्कन्थे । तर आजकल त गाईजात्रामा गाईको सट्टा मान्छेहरु पो सिँगारिएर निस्कन थालेका छन् ।

कलाकारहरु गाईजात्रा देखाउन स्टेजमा निस्किन्छन् । लेखक र कविहरु कविता, कथा, निबन्ध लेखेर आफूलाई महान् गाईजात्रे साबित गर्ने होडबाजीमा छन् । गाईजात्रे मान्छेहरु जुर्मुराएको देखेर गाईहरु सायद पेट मिचिमिचि हाँस्दा हुन् ।

हिजो सडकमा गाई सिँगारिएको हेर्न जानेहरु आज कलाकार सिँगारिएको हेर्न हलतिर पुगेका छन् । गाईलाई भेटी चढाउने पैसा टिकट काट्न खर्च गरेका छन् ।

कलाकार लेखकले सप्ताहिक गाइजात्रा मनाए पनि राजनीतिज्ञले भने वर्षान्त नै गाईजात्रा मनाइरहेका छन् । राजनीतिको गाईजात्रा देखेर चाहिँ गाईहरु रुँदा हुन् कि हाँस्दा हुन् ?

विचारा ! गाई । उसको आफ्‌नो भन्ने केही थिएन । आफ्‌नो शरीर पनि आफ्‌नो अधिनमा नभएको गाईले आफ्‌नो थुनको दूध समेत आफ्‌नो बाच्छोलाई धीत मारेर खुवाउन पाउँदैनथ्यो । बाच्छो मुख मिठ्याउँथ्यो, मान्छेले चोरेर खाइदिन्थ्यो । दुध चोर मान्छेहरु ।
आफ्‌नो शरीर समेत आफ्‌नो अधिनमा नभएको गाईलाई कामरेडी भाषामा सर्वहारा भनेर भने नि भन्नुस्, राजनीतिक भाषामा सुकुम्बासी भनेर बुझे नि बुझ्‌नुस् ।

सुकुम्बासी गाईको एउटा आफ्‌नो भन्ने त्यही एउटा गाईजात्रा थियो । अब त्यही जात्रा पनि मान्छेले मनाउने, त्यो पनि एक दिन होइन, साप्ताहिक रुपमा मनाउने, साप्ताहिकले नअघाएर वर्षैभरि जात्रा लगाउने ।

हैन, यो देश चोरैचोरको देश हुने हो कि क्या हो ? समान चोर्नेदेखि कानून चोर्नेसम्मको जताततै बिगबिगी छ । भुटानी शरणार्थी चोर्ने, कोरोनाको औषधी चोर्ने, भिजिट भिसामा के के हो के के चोर्ने, सरकारी जग्गा चोर्ने, जहाजका पार्टपूर्जा नै उडाउने, कुलिङ पिरियड चोर्ने, बहुबिबाहको कानून नै चोर्ने, ढ्कुटी चोर्ने, विकासका योजना चोर्ने, नीति नियम सबै चोर्ने । सित्तैँमा पाए अलकत्रा नि खाने भने झैँ भेटेजति सबै चोर्ने ।

हुँदा हुँदा अब त गाईको दुध मात्र होइन, गाईजात्रा नै चोर्ने ।
गाईले लाउने जात्रा यसरी मान्छेले लाउने भएपछि मान्छे गाई नै भएनन् र ?
हैट !

०००
काठमाडाैं
मोबाइल : ९८५१०५३१२७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x