साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टहरूलाई शुभकामना

स्वास्नीलाई धाेती फेरोस् मुन्द्रा लस्करीको एयरपोर्टमा बाटो खुलोस् सुन तस्करीको पक्रेजस्तो नाटक होस् स्वर्ण कहिलेकाहीँ भोलिपल्ट पित्तल बनोस् खाँटी सुन चाहिँ।

Nepal Telecom ad

रामशरण न्यौपाने :

हाम्रा महान् भ्रष्टलाई छ शुभकामना
जेल नेलको गर्न बरै नपरोस् सामना १

न्यायाधीस सबै आफ्ना भाइ साला परून्
सुरक्षाका अङ्ग सबले नमस्कार गरून्
जनता सब झूटो बोल्दा ताली पिट्दै बसून्
कार्यकर्ता गोप्य ठाउँमा आई चल्लिो घसून्। हाम्रा महान्…..॥

ठुला ठुला केस सबै बन्न जाउन् फुस्सा
देखावटी धरौटीको भए होओस् घुस्सा
सारा केस सर्प जस्तै दुलो भत्रि पसून
प्रशंसाका गीत गाई कार्यकर्ता बसून्।  हाम्रा महान्…॥

आफ्नालाई स्रोत साधन भएजति बाँडून्
बन जङ्गल सम्पदा र पर्ती सारा फाँडून्
गरिबक छोरा छोरी बेच्ने बनोस् जालो
सेतो बनोस् भ्रष्टाचारको पैसा सबै कालो। हाम्रा महान्….॥

स्वास्नीलाई धाेती फेरोस् मुन्द्रा लस्करीको
एयरपोर्टमा बाटो खुलोस् सुन तस्करीको
पक्रेजस्तो नाटक होस् स्वर्ण कहिलेकाहीँ
भोलिपल्ट पित्तल बनोस् खाँटी सुन चाहिँ। हाम्रा महान्….॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x