साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अदृश्य छाप

घण्टौँपछि आयुषले देख्यो- छाप कोर्ने मेसिन पुरानो थियो, न त तयारीपूर्ण, न दयालु । तर त्यहीँबाट आदेश आउँथ्यो सबैको अनुहारमा एक अदृश्य छाप मार्ने ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

“कसैले देख्दैन, तर केही हातहरूले हाम्रो पहिचानको अक्षर मेटाइरहेका छन् ।” शहरको पुरानो चोकमा आज अनौठो भीड थियो र त्यहीँबाट यस्तो आवाज आइरहेको थियोे ।

पंक्तिबद्ध बुढाबुढी, लठ्ठी टेकेका लुलालङ्गडा, अन्धाअन्धीले एकापसका हातकाँध समातेका, ह्वीलचेयरमा तेर्सिएका सबै हातमा एउटै टिकटजस्तो कागज थियो- राष्ट्रिय परिचयपत्र ।

आकाशमा घाम थिएन, तर भीडको छायाँ बाक्लो थियो ।

आयुषले छेउमा उभिएको अन्धा वृद्धलाई सोध्यो, “यो लाइन कुन चिजको हो ?”

वृद्धले गहिरो स्वरमा भने, “हाम्रो परिचयको छाप कोर्ने कारखाना हो यो ।”

भीड अघि बढ्दै गयो । कतै कुर्सी थिएन, पानी थिएन, छाता थिएन तर भित्रबाट हाँस्ने अनुहारहरू थिए, जसका आँखामा केवल पैसा टाँसिएको थियो ।

घण्टौँपछि आयुषले देख्यो- छाप कोर्ने मेसिन पुरानो थियो, न त तयारीपूर्ण, न दयालु ।
तर त्यहीँबाट आदेश आउँथ्यो सबैको अनुहारमा एक अदृश्य छाप मार्ने ।

सुनिदिने कोही नभए पनि भीड भन्दै थियो,
“राष्ट्रको आँखा अन्धो छ, छाप मार्ने हातको अधीनस्थ चुस्त कमिसनको मसीले हाम्रो पहिचान मेट्दै छ ।”

०००
२०८२/०४/२४
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x