साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अदृश्य छाप

घण्टौँपछि आयुषले देख्यो- छाप कोर्ने मेसिन पुरानो थियो, न त तयारीपूर्ण, न दयालु । तर त्यहीँबाट आदेश आउँथ्यो सबैको अनुहारमा एक अदृश्य छाप मार्ने ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

“कसैले देख्दैन, तर केही हातहरूले हाम्रो पहिचानको अक्षर मेटाइरहेका छन् ।” शहरको पुरानो चोकमा आज अनौठो भीड थियो र त्यहीँबाट यस्तो आवाज आइरहेको थियोे ।

पंक्तिबद्ध बुढाबुढी, लठ्ठी टेकेका लुलालङ्गडा, अन्धाअन्धीले एकापसका हातकाँध समातेका, ह्वीलचेयरमा तेर्सिएका सबै हातमा एउटै टिकटजस्तो कागज थियो- राष्ट्रिय परिचयपत्र ।

आकाशमा घाम थिएन, तर भीडको छायाँ बाक्लो थियो ।

आयुषले छेउमा उभिएको अन्धा वृद्धलाई सोध्यो, “यो लाइन कुन चिजको हो ?”

वृद्धले गहिरो स्वरमा भने, “हाम्रो परिचयको छाप कोर्ने कारखाना हो यो ।”

भीड अघि बढ्दै गयो । कतै कुर्सी थिएन, पानी थिएन, छाता थिएन तर भित्रबाट हाँस्ने अनुहारहरू थिए, जसका आँखामा केवल पैसा टाँसिएको थियो ।

घण्टौँपछि आयुषले देख्यो- छाप कोर्ने मेसिन पुरानो थियो, न त तयारीपूर्ण, न दयालु ।
तर त्यहीँबाट आदेश आउँथ्यो सबैको अनुहारमा एक अदृश्य छाप मार्ने ।

सुनिदिने कोही नभए पनि भीड भन्दै थियो,
“राष्ट्रको आँखा अन्धो छ, छाप मार्ने हातको अधीनस्थ चुस्त कमिसनको मसीले हाम्रो पहिचान मेट्दै छ ।”

०००
२०८२/०४/२४
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x