साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुँगा र मुगा

उँभो फर्केको बटुके जुँगा अरूलाई ठान्छ मुर्ख गुँगा। दस दसको जुँगा हो खोची सिरूपाते जुँगालाई रोजी । जुँगा गहना पुरूषकाे मुगा ओठमाथि रेखी बस्या जुँगा।।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

यो हो सात पच्चिसको जुँगा
फुल्दा सेतो तर हैन थुँगा।
राजा विरेन्द्र जुँगा सौखिन
सात पच्चिस सधैं एकिन ।

मर्दको निशान ओठ माथि
युवतीको शोभा छाती माथि।
जुध्द जुँगाको भाउ ताउ भो
रुकि साँढीले सोझै थर्काको।

डा के आई सिं अैले प्रचण्ड
बाँस्जरे जुँगा हुन्छ उद्दण्ड।
डा बाबुराम घोप्टे जुँगाका
विज्ञ अभिमानले दुब्लाका।

माथबरे जुँगा हिम्मत् शान
ठाडा जुँगा छ हिसाबी जान।
सवा नौ मान शान सम्मान
बटारी रहे आहान उखान्।

तेर्सा जुँगा निसाफी,कैलो छ ?
विश्वास छैन पेटै मैलो छ।
काला जुँगा कहाँ कत्तिको छ ?
कैला खस्रा भे बाघ् जत्तिको छ।

मार्क ट्वीन हिटलर लेनिन्
आआफ्ना पहिचान दिँदैछन्
कति त जुँगे लाउँछन् ताउ
जुँगै छैन खोज्छन् तिन्ले भाउ।

जुँगाको महिमा अपार छ
त्यै जुँगा गाड्छ तेही सपार्छ ।
उँभो फर्केको बटुके जुँगा
अरूलाई ठान्छ मुर्ख गुँगा।

दस दसको जुँगा हो खोची
सिरूपाते जुँगालाई रोजी ।
जुँगा गहना पुरूषकाे मुगा
ओठमाथि रेखी बस्या जुँगा।।

०००
काठमाडाैं, हाल – अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

मर्ने कसरी रैछ मैले...

सुरेशकुमार भट्ट
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x