साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘अब हाँस्छ बर्दिवास’ :  पहिलाे हास्यव्यङ्ग्यात्मक गाईजात्राले हँसायाे सबैलाई

मञ्चमा बेलबहादुर परियारको व्यङ्ग्यमूलक प्रस्तुति, कविता दाहालको सुमधुर कविता, जीवनाथ पोखरेलको हास्यगीत, रमेश पौडेलको रमाइलो जादु सबैले आ–आफ्नो शैलीमा दर्शकलाई मन्त्रमुग्ध बनाए र बेसरी हँसाए ।।

Nepal Telecom ad

बर्दिवास, साउन २४ । शनिबार बर्दिवासमा एउटा विशेष दृश्य थियो– गौतम होटलको हल भित्र रंगीचंगी बत्तीको उज्यालो, दर्शकको भीड र हाँसोको लहर । अवसर थियो, सिस्नुपानी नेपाल महोत्तरीले आयोजना गरेको ‘अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य महोत्सव ।

कार्यक्रमको सुरुवात उपाध्यक्ष जीवनराज दाहालको हार्दिक स्वागतसँगै भयो । सह–सञ्चालक विनोद ढुङ्गेल र रामकृष्ण भण्डारीले प्रस्तुति सुरु गर्दा हलमा रमाइलोको माहोल चुलियो । अध्यक्ष नारदप्रसाद काफ्लेको अध्यक्षता र प्रदेश सभा सदस्य माननीय सारदा देवी थापाको प्रमुख आतिथ्यमा बर्दिवास नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीसहित थुप्रै विशिष्ट पाहुनाहरूको उपस्थिति थियो ।

दर्शकदीर्घामा होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेश अध्यक्ष हिरा गौतमदेखि लिएर साहित्यकार, पत्रकार, व्यवसायी र समाजसेवीहरूसम्मका अनुहारहरू चम्किरहेका थिए । रोटरी क्लबका प्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी र स्थानीय अग्रजहरूको सहभागिताले कार्यक्रमलाई विशेष बनायो ।

मञ्चमा बेलबहादुर परियारको व्यङ्ग्यमूलक प्रस्तुति, कविता दाहालको सुमधुर कविता, जीवनाथ पोखरेलको हास्यगीत, रमेश पौडेलको रमाइलो जादु सबैले आ–आफ्नो शैलीमा दर्शकलाई मन्त्रमुग्ध बनाए । बीचबीचमा ताली र हाँसोको आवाज यति गुञ्जिन्थ्यो कि हलको बाहिरसम्म सुनिन्थ्यो ।

प्रमुख अतिथि सारदा देवी थापाले बर्दिवासमा यस्तो सांस्कृतिक र व्यङ्ग्यमूलक गतिविधिको निरन्तरता आवश्यक भएको बताउँदै, यसले समाजलाई सुधारतर्फ धकेल्ने ऊर्जा दिने विश्वास व्यक्त गरिन् ।

संस्थाका सदस्य विनोद ढुङ्गेल र रामकृष्ण भण्डारीको संयुक्त सञ्चालन रहेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरू अतिथिका रुपमा थिए । ब.न.पा. वडा न. ६ का वडा अध्यक्ष पदम आले लगायत अन्य वडाका वडा अध्यक्षहरूको पनि सक्रिय सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा विभिन्न कविता, गीत, नृत्य, जादु, प्रहसन प्रस्तुत गरिएका थिए । प्रस्तुत गर्ने सहभागीहरूमा बेल बहादुर परियार, प्रतिभा पोखरेल, जीवनाथ पोखरेल, कविता दाहाल, रमेश खत्री, सुमन सारङी, कृष्ण क्याप्छाकी, मदन सुन्दास, प्रतिमा पौडेल, प्रविन पौडेल, नाराय खड्का, राजेश भण्डारी, प्रेम घिमिरे लगायत थिए ।

उक्त कार्यक्रममा प्रस्तुत भएका हास्यव्यङ्ग्य रचना र कमेडी डान्स, जादु जस्ता रमाइला प्रस्तुतिले कार्यक्रमको रौनक बढाएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय शारदादेवी थापाले यो कार्यक्रमले बर्दिवासमा हास्यव्यङ्ग्यको पनि उपस्थिति रहेको र समाजका विकृति र बिसङ्गतिलाई खरो रुपमा प्रस्तुत गर्न सफल भएको र यो कार्यक्रमले राजनितीक पार्टी, जन प्रतिनिधि, कर्मचारी, शिक्षक लगायत सबैको व्यङ्ग्यमार्फत कमजोरी केलाएकोले आगामी दिनमा यस क्षेत्रमा केही सुधार हुने कुराको अपेक्षा रहेको बताइन् ।

अत्यमा सभाध्यक्ष नारदप्रसाद काफ्लेले सिस्नुपानी नेपाल महोत्तरीको पहिलो कार्यक्रम ’अब हाँस्छ बर्दिवास’ मा उपस्थित हुनुहुने प्रमुख अतिथिलगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गरेका थिए । त्यस्तै उनले आगामी दिनमा पनि सबैको यस्तै साथ सहयोग रहने विश्वास व्यक्त गरे । यो कार्यक्रम गर्न सभाहल र चियापानको व्यवस्था गर्नुहुने गौतम होटल परिवार प्रती विशेष धन्यवाद ज्ञापन गरे । यसैगरी उनले कार्यक्रम सफल गर्न अहोरात्र खटिनुहुने समितिका सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

यस भेकमा सर्वथा पहिलो पटक आयोजना गरिएको हास्यव्यङ्ग्यपूर्ण यस कार्यक्‌ममा जिल्ला ट्राफिक प्रहरी कार्यलय महोत्तरीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशी, प्रलेस नेपाल मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, केन्द्रीय सदस्य विमला विक, होटल तथा पर्यटनको व्यवसायी सघ मधेस प्रदेश अध्यक्ष हिरा गौतम, बर्दिवास उद्योग वाणिज्य सघका अध्यक्ष विष्णु खड्का, शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संयोजक प्रेम घिमिरे, होटल व्यवसायी सघ महोत्तरीका अध्यक्ष गुन्ज बहादुर कार्की, राष्ट्रिय लोक दोहोरी तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेशका अध्यक्ष रुद्रसेन विश्वकर्मा, बर्दिवास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल, उपाध्यक्ष जीवन स्पर्शी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल महोत्तरीका अध्यक्ष बेलबहादुर परियार, प्रलेस मधेस प्रदेशका सचिव भिमकुमार राउत, जनबादी लेखक सघ सीतामढीका कोषाध्यक्ष मो. कमरुद्दीन नदाफ, रोटरी क्लब अफ बर्दिवासका अध्यक्ष सीताराम ढुङ्गेलको समुपस्थिति रहेको थियो ।

त्यसै गरी  रोट्र्याक्ट क्लब अफ बर्दिवासका अध्यक्ष सरोज गजमेर, शिक्षा सेवी खड्गबहादुर सिंह, कमला साहित्य समाज धनुषाका अध्यक्ष गणेश तिमल्सिना, मायाघर नेपालका निर्माण समितिका अध्यक्ष शम्भु भट्टराई, पाटु माविका प्र.अ. रमा शर्मा ढकाल, जनजागृती आधारभूत विद्यालयका प्र.अ. अम्बिका प्र. दाहाल र शिक्षक देवी काफ्ले, बुढ्यौली साहित्य समाज सिन्धुलीका उपाध्यक्ष केशव कु. फुयाल, बर्दिवास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानका आख्यान विभाग प्रमुख लिलानाथ गौतम, प्रलेस महोत्तरीका उपाध्यक्ष सानिमाया पुलामी र भान्सा सुधार अभियान नेपालका अध्यक्ष कविता दाहाल, समाजसेवी सुदिप कार्की, गौरीवास युथ क्लबका अध्यक्ष सुबोध कट्टेल, गौतम होटलका सचालक तथा समाजसेवी नरहरी गौतम, शिक्षाप्रेमी जय जोशी त्यस्तै पत्रकारहरू गोपाल बराल, निकेश खनाल, मनोज थापा, आशा तोलाङ्गे लगायतको उपस्थिति थियो ।

साँझको अन्त्यमा आयोजक अध्यक्ष काफ्लेले सबै अतिथि, कलाकार, सहयोगी संस्था र दर्शकलाई धन्यवाद दिँदै, “हाँसो र चेतना सँगसँगै यात्रा गरिरहन्छ” भन्ने संदेशसहित कार्यक्रम समापन गरे ।

०००
बर्दिवासबाट श्रीकृष्ण र नारदप्रसाद काफ्‌लेको सौजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x