रामकुमार पाँडेपसले पार्टी
पार्टीको व्यापार जसरी पनि गर्ने उद्देश्य अनुसार सुन तस्करी देखि् म्यान्पावर ब्यापार र नागरिक बेचबिखन देखि केटी काण्ड मचाएर जेलै परे पनि छुटाइनेछ। मान्छे नै सिद्ध्याए पनि राजिनामा हुने छैन।

रामकुमार पाँडे
कलिको प्रारम्भमा जागिर ! जागिर खान टूपी दलिनमा बानेर टुकी बालेर गुरुले हानेको टुटुल्को सुमसुम्याएर बल्ल तल्ल जाँच पास गरि खास खास जागिर खाएर पेटपूजा र रास्ट्र सेवा गरिन्थ्यो। अहिले मध्य कलिमा आएर व्पापारमा अपार भन्ने बुझेपछि सोच्न लागे- कस्तो पेशा अपनाउने होला ? सब भन्दा सजिलो चोरेर ल्याउने। यो ब्रह्म ज्ञान केटाकेटीदेखि नै दशैँमा चोर औँला भाँच्दै ‘चोरी ल्याउँला’ भन्दै आएको हो । ‘धत्त पाजी’ भने पछि त्यो बिचार च्वाट्ट छोडेको हो।
सजिलो त पकेट मार्न सके एकैपल्ट क्यास आउँछ। तर मान्छेले खल्तिमा पैसो नराखी बैंकमा जम्मा गर्दै कार्डले निकाल्न लागे र पो फसाद ! त्यस माथि जाडोमा खल्तीमा हात राख्ने र अझ भनौ खल्तीको बिर्कोमा फास्नर लाउने गरेपछि यो पेशाले महङ्गो भाउबेशा धान्ने देखिएन। कसै कसैले मोटरसाइकलमा हुइँकेर आइमाइको सिक्री चुडालेर लाखको सपना पूरा गरेको देख्दा कतै यहि सजिलो हो। बाटो ढुकेर बा कुनामा लुकेर पेशा प्रारम्भ गरौ र भट्टीमा गएर भोको घैँटो भरौ भन्ने पनि नसोचेको हैन। के गर्नु त ? आमाबाबुले खल्ती खर्च भर्न नसके पछि केही गर्न कस्सिनै पर्यो। यस्तो नाना रङ्ग र ढङ्गको चोर बाटो अप्नाउन सोच्दै थिएँ एउटाले भन्यो, हैन जागिर खाएर घुस खादा मान पनि मनि पनि भने पछि हो त नि भनी जागिर खान कस्सिएको आफ्नो बाक्लो बुद्धि पर्यो सेवा आयोगले सधै बियोग पारेको पारे नै।
सधै गुल्टनबाजी भए पछि के गरोस् काजी ? जागिरका लागि चाहिने जति नक्कली सर्टिफिकेट नबनाको हैन। यस्मा पनि गनिमत छैन भने पछि यसो बिचार गरे मध्य कलिमा ब्यापारमा लक्ष्मी बसेकी हुन्छिन् । ‘ब्यापारे तिस्ठती लक्ष्मी’ शास्त्रले भनेको पनि छ। ब्यापारिको सेफमा शुभलाभ पनि देखेकै हो। गहकिलो व्यापार भनेको हिरामोती र सुन चादी । यो ब्यापारमा लागौ भने पनि सुन काण्ड धेरै भए। सुन पनि मलद्वारदेखि एयरपोर्टको मूलद्वारबाट सोझै आउन थालेपछि र भटाभट समाउन थालेपछि यस्को व्यापार के गर्नु जस्तो लाग्यो। सबको आँखा लाग्ने व्यापार ! हैन अब जग्गाको कारोबार गरौँ र दलाल भएर ग्वाम्मै क्याठ आउने रियल स्टेट ब्युजिनेस गरौ भन्दा लगानी चर्को। बरु जग्गा बेच्ने र किन्ने जग्गा दलाली गर्नु पर्यो भन्दा धेरै जग्गा नेताहरुले लप्टाइ सकेको देखियो। लाग्यो अब व्यापारमा भन्दा म्यानपावर नै जाती। के बिदेशमा आफै जानू पर्यो कि अरुलाइ पठाउने काम गरि खानु पर्यो ! तर के गर्नु जानलाइ कसैले पठाइ दिने हैनन। आफ्नो श्रीसम्पती बेचबिखन नगरी यो सम्भव हुने काम हैन।
बरु आफैले म्यानपावर कम्पनी खोले घर टावर बनाउन र सुबिधायुक्त बाथरुमको सावरमा नुहाउने स्तरमा पुगिएला ! यसरी आफ्नो गाउले मन्त्री कहाँ जागिरमा हाल्दिन्छन कि भनी क्वाटरमा गएको बेला तिनकै बाथरुममा बसेर सोच्न लागे- यो हाम्रै गाउँ ठाउको मन्त्री, हवाइ चपल लगाएर गौडामा दिशा बस्न जान्थ्यो र त्यही फोहर कुल्चेर आउथ्यो। आज यस्तो बास्ना आउने ट्वाइलेट ! आफ्नो लङ्गौटिया यार भएकाले मन्त्री भए पछिका घटना उस्ले सुनाउदा भनेको थियो। ट्वाइलेटको कमठमा भित्ता तिर फर्की माथि कमठमा टेकेर बस्दा चिप्लेर झण्डै टाउको फुटेको धन्न ऐना फुटेर दशा टर्यो। के भन्नू, आफू ससुराली जादा मानमनितो गरेर सिल्वरको थालमा दिदा थाल फनफनी घुम्ने हुदा रिङ्गनेमा हैन मुठ्याउनेमा दिनुस भन्दै ताप्केको बिड समाएर सजिलो पारी खानेलाइ खण्डे थाल ! कति थप्नु ?
साना साना खण्ड धेरै पटक थप्दा खन्चुवा भन्लान भनी रातभर भोको पेटमा वायु बढाउदै दुर्गन्धले निस्सासिएको घटना हिजो जस्तो लाग्छ भनेको सुन्दा र पछि मार्सी चामल, लाख लाख पर्ने पलङ्ग, करोड पर्ने गाडी, स्यालूट ठोक्नेको ताती देखि लूटमा छुट देख्दा मन्त्रीको जागिर पो जिनिसको रै’छ भनी ब्रह्म ज्ञान खुल्यो। तिनका पछि लाग्ने कति कति ! कसैलाइ जुत्ता पुस पनि भन्न नपर्ने कसैलाई ब्याग बोक पनि भन्न नपर्ने । अझ कोसेली पातको त हिसाब किताब राख्न नभ्याएर मंत्रिणिको कामै भित्र्याउने। जर्साबको घरमा सिपाहिले सकिनसकी के जाती बुझाए जस्तो मंत्रिको घरमा न दैनिकी किलमेल न भात भान्छा । बैठकमा स्टार होटेलको खाना परे पछि मोटाएर सुमो खेलाडी बा डङ्गुर डकुल्याएर बडेमान बङ्गुर बन्न बेर लाग्दैन। यति दृस्टिगत गरे पछि बल्ल बुद्धिको बिर्को खुल्यो र व्यापार पनि चलनचल्तिको एकैपटक चटक गरेझै खल्ती भरिने पार्टी पसल खोल्ने आँखा खुल्यो।
पार्टीनै पसल हो भन्ने गोप्यता पत्ता पाए पछि पार्टी खोल्ने सपना देख्न थाले। धनार्जन पार्टी नाम दिएर दर्ता गरे। नाम राख्न कम्ति मिहेनत परेन। कङ्रेसको नाममा रास्टृय जोडौ कि अन्तर्रास्ट्रिय ? कम्युनिस्टको नाम दिएर विदेशीको टाउको पूजा गर्न पनि आफ्नो केही नभए जस्तो हुने भो। देशकै नाममा राष्ट प्रजातन्त्र बा लोकतन्त्र जे भने पनि आफ्नो मूल भोकतन्त्र झल्किने नाम सोच्नु उत्तम ठानी धन भए सबै मिल्छ भन्ने लागि अरुले राष्ट्रिय जोडे पनि आफूले घरेलु धनार्जन पार्टि नाम जुराए। राख्न त मजदूर किशान भने अरु रिसाउलान भन्ने लाग्यो।
स्वतन्त्र भनौ भने को छ स्वतन्त्र ? भन्ने लाग्यो। श्रीमतीले आफ्नो तन्त्र चलाएको पार्टी नदेखेको हैन। त्यसैले कलियुगमा पैसोमा भगवान बिराजमान हुने हुदा धन पार्टी राखेर सबको मन जित्न खोजेको हो। साचै भनेर भन्नू पर्दा पार्टिको उद्देश्य धनार्जन नै हो। झण्डाको चिन्ह पनि तारा राख्दा त्यो आकाशको फल आँखा तरि मर भने झै कहिले भेटिने हैन। त्यसमाथि कागजी तारा चम्कने हैन। हसिया हथौडा राखौ भने त्यो प्रयोगमै छैन। मान्छेले हलो त जोत्न छाडिसके भने झण्डाको चिन्ह धनार्जन पर्टिको के राख्नु बेस होला भनेर भन्दा गुन्दा गुन्दा कैँची नै उत्तम देखियो। कैचिले सिल काट्न देखि मान्छे अनुसार लुगा छाट्न र परेको बेला कैँची चलाउन पाइने चिन्ह घन ठोक्ने मूढ बुद्धि भन्दा र काट्नमा उत्तम औजार अर्थात हसिया भन्दा महान कैँची नै सबैभन्दा उम्दा लाग्यो। कसैले डोरि बाधेर बाधा डाले कैचिले काट्न हुने, कसैले मलाइ यो चाइयो उ चाहियो भने मान्छे अनुसार लुगा साइज मिलाएर काट्न सकिने भए पछि अरु के चाहियो ?! कसैले फूर्ती नै गरे पनि डाक्टरके अपरेशनमा कैँची चलाएझै चलाउने हतियार पनि हुने। बस, यो कम्ता उम्दा चिन्ह हैन।
दलको नाम सबै दलको उद्देश्यको अनुसन्धान गरि निचोड निकाल्दा धन नै मूल भएकाले धनार्जन पार्टी नामाकरण गरिएको हो। अरु दल जस्तो हैन। यो पार्टी पसलमा नेता पनि बेच्न राखेको छ। नेताको थरी अनुसार बेच्बिखन हुन्छ। पटके प्रधानमन्त्री देखि चटके मन्त्री अथवा कुरौटे देखि भरौटे साम्सद कस्तो चाहिन्छ? त्यो पाइन्छ। कार्यकर्ता त भने भने जस्तो। नेताको अगाडि पुछर हल्लाइ रहने देखि सिङ्ग देखाएर जोरि खोज्ने, एक छाक मासुभात टन्न खान्दे पछि जे भन्न पनि पछि नपर्ने सबै थरी पाइन्छ। छिमेकी बाट ल्याएको ढ्याचु ढ्याचु गर्ने भूतपूर्व राजदूत देखि जता जोते पनि हुने गोरि मार्काको एजेन्ट सम्म यो पार्टी पसलमा छ। हुइया गर्ने पत्रकार पनि पार्टी पसलमा छ। पार्टी राम्ररी चलाउन सबै मार्काका मान्छे भएकाले कसैलाइ मर्का नपर्ने धनार्जन पार्टी सम्पर्क गर्नु होला। आफ्नो योग्यता अनुसार लाद्रो भर्नु होला। भेडा पालन देखि सर्प पालनमा कुकुरलाइ मासु पैचो दिए भन्दा बढी सहुलियतमा नगद दिए पछि गदगद हुनु होला।हाम्रो पार्टीमा नाम दर्ता गरेर हर्ताकर्ता भए बर्ता के भनौ रित्तो भाडो सबै भर्ता भने हुन्छ । कार्यकर्ताले दिउँसो जम्मा गरि राती गने हुन्छ। अनि मैले नसिकाए पनि हाम्रो नेताको जय भन्नू हुनेछ।
पसल नै भने पछि के के पाइन्छ ? तिनको मूल्यसूची हेर्नोस। यो पार्टी पावरमा आउँदगठबन्धन गर्दा पदहरुको कोटा पाउँदा त्यस्को मूल्री निर्धारण हुन्छ। राजदूत बन्न, कूलपती हुन मूल्य शुचि गोप्य छ। साम्सद र मन्त्री पनि मोलमोलाइ गर्दा पाइन्छ। धनार्जन पार्टी भएकाले सानोतिनो जागिर लगाइ दिनेदेखि चन्दा लिने काम मिलाइ दिने सम्म हुन्छ।
पार्टीमा कैची चिन्हको पसले पार्टिमा पीडितहरुलाइ प्राथमिकता। आफ्नो लोग्ने मार्नेको खोज तलास नगर्ने, भैंसी गोठालो, चूक अमिलो बेच्न ल्याउने देखि अर्कालाइ सामन्ती भन्दै बलिको बोको बनाउने, यति जनाको ज्यान लिए खुल्लम खुला बक्ने, आफ्नो तलव आफै तोक्ने, रक्सी जति सक्यो धोक्ने, प्रतिपक्ष, बिरोधी, प्रतिगामिलाइ ठोक्ने, असक्षम घोषित सबैलाइ माथ्लो पदमा राख्ने अग्रगामी कदम उठाइने छ।
पसल नै भने पछि के के पाइन्छ तिनको मूल्यसूची हेर्नोस। यो पार्टी पावरमा आउदा वा गठबन्धन गर्दा पदहरुको कोटा पाउँदा त्यस्को मूल्य निर्धारण हुन्छ। राजदूत बन्न, कूलपति हुन मूल्य शुचि गोप्य छ। साम्सद र मन्त्री पनि मोलमोलाइ गर्दा पाइन्छ। धनार्जन पार्टी भएकाले सानोतिनो जागिर लगाइ दिनेदेखि चन्दा लिने काम मिलाइ दिने सम्म हुन्छ।
देशमा अनेक रुपका दल भए। ज्यानमारा दलदेखि पकेटमारा दल सारा आए खाए धर्ना कसेर लमलेठ हुँदै सेठ भए। कस्लाइ समेटेर पार्टी बनाउनु बेस होला? देशमा चोर धेरै भए चोर पार्टी बनाउने हो कि? ठग पो बढी आए ठग पार्टी भए पनि नहुने हैन। तर आफूलाइ पार्टिका नाममा व्यापार गर्नु थियो त्यसैले ब्यापारका लागि पसल खोल्नु पर्यो। यो अरु जस्तो चानचुने व्यापार हैन। सबै चलाउन र इछा अनुसार फलाउन सकिने व्यापार। राजनीतिको व्यापार। त्यसैले यस बाटै आफू साहु हुनु पर्याछ। त्यसैले पसले पार्टी ! नाम गज्जव जुर्यो। मालामाल हुने बुद्धि फुर्यो। न पढ्नु पर्ने न जागिरमा षड्नु पर्ने। न रिटायर हुने न कुनै मुद्दा र उजुरिले छुने।न योग्यता न क्षेमता! खाते पनि जिते पछि मर्यादा क्रम धुरी चढ्न पुग्ने ! पढेलेखेकालाइ उछिन्ने मात्र हो र एकैपल्ट मन्त्री भए पछि पढेर जाचपास गरेर आएकाको गर्धनमा चढी शासन गर्न पाइने। अरु त अरु श्रीमतीलाइ गवार भए पनि मंत्रिणि बनाउन पाइने। सबैको स्यालूट र लूटमा छुट पाइने।
अनि राजनीति जस्तो अरु के ? जेलनेल नै योग्यता, गुन्डागर्दी नै डिग्री। न उमेरको हद न योग्यको कद! अरु देशमा जेसुकै होस हाम्रोमा राजनीति भन्नेबित्तिकै लाजनीति बिनाको खाजनीति मान्नु पर्छ।जे जति खाए पनि भो। खानाको बाराना छैन। आका नै खाए पनि पछुवाले प्रशस्तिको भाका हाल्छन् । नपत्याए बाहिर बसेर हैन भित्र पसेर हेर्नुहोस।
दलको नाम सबै दलको उद्देश्यको अनुसन्धान गरि निचोड निकाल्दा धन नै मूल भएकाले धनार्जन पार्टी नामाकरण गरिएको हो । अरु दल जस्तो हैन। यो पार्टी पसलमा नेता पनि बेच्न राखेको छ। नेताको टाउको अनुसार बेचबिखन हुन्छ । पटके प्रधानमन्त्री देखि चटके मन्त्री अथवा कुरौटे देखि भरौटे साम्सद कस्तो चाहिन्छ? त्यो पाइन्छ। कार्यकर्ता त भने भने जस्तो। नेताको अगाडि पुछर हल्लाइ रहने देखि सिङ्ग देखाएर जोरि खोज्ने, एक छाक मासुभात टन्न खान्दे पछि जे भन्न पनि पछि नपर्ने, सबै थरी पाइन्छ। छिमेकी बाट ल्याएको ढ्याचु ढ्याचु गर्ने भूतपूर्व राजदूत देखि जता जोते पनि हुने गोरि मार्काको एजेन्ट सम्म यो पार्टी पसलमा छ। हुइया गर्ने पत्रकार पनि पार्टी पसलमा छ। पार्टी राम्ररी चलाउन सबै मार्काका मान्छे भएकाले कसैलाइ मर्का नपर्ने धनार्जन पार्टी सम्पर्क गर्नु होला। आफ्नो योग्यता अनुसार लाद्रो भर्नु होला। भेडा पालन देखि सर्प पालनमा कुकुरलाइ मासु पैचो दिए भन्दा बढी सहुलियतमा नगद दिए पछि गदगद हुनु होला। हाम्रो पार्टीमा नाम दर्ता गरेर हर्ताकर्ता भए बर्ता के भनौ रित्तो भाडो सबै भर्ता भने हुन्छ। कार्यकर्ताले दिउँसो जम्मा गरि राती गने हुन्छ। अनि मैले न सिकाए पनि हाम्रो नेताको जय भन्नू हुनेछ।
पसल नै भने पछि के के पाइन्छ तिनको मूल्यसूची हेर्नोस। यो पार्टी पावरमा आउदा बा गठबन्धन गर्दा पदहरुको कोटा पाउँदा त्यस्को मूल्य निर्धारण हुन्छ। राजदूत बन्न, कूलपती हुन मूल्य शुचि गोप्य छ। साम्सद र मन्त्री पनि मोलमोलाइ गर्दा पाइन्छ। धनार्जन पार्टी भएकाले सानोतिनो जागिर लगाइ दिने देखि चन्दा लिने काम मिलाइ दिने सम्म हुन्छ।
कैची चिन्हको पसले पार्टिमा पीडितहरुलाइ प्राथमिकता हुन्छ। आफ्नो लोग्ने मार्नेको खोज तलास नगर्ने, भैंसी गोठालो, चूक अमिलो बेच्न ल्याउने देखि अर्कालाइ सामन्ती भन्दै बलिको बोको बनाउने, यति जनाको ज्यान लिएको भन्दै खुल्लम खुला बक्ने, असक्षम घोषित सबैलाइ माथ्लो पदमा राख्ने अग्रगामी कदम उठाइने छ।
यो पार्टी उहिले देखि साजा भन्दै अर्कैले चलाऊदै आएको हो । यस बाट कतिले ठगेर खाएको तर उधारो नदिने र ठ्ग्नेहरु मिलेर सज्जन साहुलाइ निकाले पछि, पछि पैसा दिन्छु भन्दै सर्त राखेर हाम्ले किनेको हो। किन्ने बित्तिकै पसलको नाम फेरेर पसले पार्टी राखे पछि उहिलेका अमूल्य कुरा सबै क्याप्चर गरी नयाँ बस्तु बेच्न थालेको हो। ग्राहकलाई गुलियो खान दिए भुल्छन र पसलमा दु:ख दिदैनन भनी गुलियोका सबै परिकार बेच्न थालियो। पसलको आमदानी खल्तिमा हालियो। कोही पुरानो पसल नै ठीक भन्नेलाई घुकाउन टोकाउन कुकुर पालियो। पुराना कुरा फालियो। पसलेको पालो अनुसार खल्तिमा हालियो। पालै पालो पसले पार्टी चलाऊन थालियो। क्या गज्जव ! पछि तीन जनालाई पार्टिको सेयर बेचियो। जनताको दैनिक आवश्यकताका कुरा नगरि सानातिना झिना मसिना कुरा बेच्न छोडि सुन चादिको ब्यापार अपार भो।
अब कार्यकर्ताको कुरा। सबलाइ मान अनुसार ट्युनिक भने जस्तो सानो ठूलो कैँची बाड्यो। कार्यकर्तालाइ सक्दो कैँची चलाएर गुजारा गर। कैँची चलाउदा कतै बिरोध बढे ठूलो कैँचीवालले रक्षा सुरक्षा दिने छदै छ। पार्टिको पहलमा सबै हल। चल मेरो घोडा चल चल चल। बस, अब सात पुस्तालाइ पुग्ने सम्पत्ती कमाएर धनार्जन गरि धनाढ्य भए पछि के चाहियो? तर पार्टिले धनाढ्य भए पछि नेतालाइ अरुलाइ सामन्ती भनेर आफू जोगिने मन्त्र पनि बेलाबेला जप्नु भन्ने आचार सम्हिता बनाएको छ।
पसल पनि जम्दै गयो। रिण सापटी जे जति पाईन्छ लिदै ढुकुटी भरियो। पसल देखाउदा पत्याउने उस्तै हुँदा र’छन। तर दैनिक सामान नहुँदा ग्राहक चिच्याउन थाले। मुद्दा हाले । तर के सुनुवाई हुन्थ्यो? उल्टै घुस मागे। हे भगवान ! केही सिप नलागी पुरानो पसलेको नेत्रित्वमा कुटो कोदालो, खुर्पा, भाला, त्रिशूल लिदै आए पछि तिनले सुराल पनि लाउन भ्याएनन। आफूले राखेको पसले बेपत्ता भए। जो पायो त्यस्लाई ब्यापार गर्न दिनु हुँदैन भन्ने ब्रह्म ज्ञान खुल्यो। पसल नयाँ ब्यवस्थाले चिरिच्याट्ट बन्यो। ग्राहकको इछा मुताबिक सामान राखियो।
समानुपातिक तर्फ जान्नेसुन्ने हैन आफन्तलाई कोटा प्रदान गरिन्छ। आफन्त भन्नाले भाइ भतिजा, सालासाली, ज्वाँई छोरी मुख्य रहने छन। टिकट दिदा जागिरेलाइ दिइने छैन। कारण योग्यता भएका पसे आफूलाइ सिध्याउने हुन्छ। बन्द बैठकमा चक्कु चलाउने, कोखामा दात उमार्ने, लाठा भाटा हान्ने, ढुङ्गामूढा गर्ने, टायर बाल्ने, बार ओखलेर फाल्ने, नारा लाउने तालिम गरिने र दिमाग भरिने छ। सबै नेतालाइ कैँची चलाउन र कार्यकर्तालाइ जलाउन सिपालु बनाइने छ। ताकी, ताकी ताकी ढुङ्गा हान्न र घोडा भने घोडा, गधा भने गधा बन्न समर्थ गरिनेछ। यस पसले पार्टिमा प्रबेश गर्नेलाई सार्वजनिक नदि किनारमा घर बनाउन छुट र फूटपाथमा ब्यापार गरि लूट नेता लूट मन्त्र साथ काम दिइनेछ। बास बनाउदा बाहिर झुङ्गी झुपडी देखाउनु पर्नेछ। भित्र टिभी पलङ्ग आदि सुकुमबासी सुबिधा हुनेछ।
यस्ता सुबिधा भोगी भन्ने बित्तिकै नारा जुलुसमा आएर मसाल बाल्ने, लुटेको नगद खल्तिमा हाल्ने र परे गाडीमा आगो बाल्ने गर्नुपर्नेछ। पत्रकार लाइ हण्डी र बिलासि नेतालाइ रन्डिको सहुलियत दिइने छ। पत्रकारको काम आफ्नो दलको एकोहोरो शन्ख फुक्ने र नेता आपत पर्दा लुक्ने अर्थात भूमिगत हुने क्षमताको हुनुपर्नेछ। नेताले भूमिगत हुदा मात लागेमा त्याहाको छोरी चेली उडाएमा बात लाग्ने छैन । बोक्न देखि बिरोधिलाइ ठोक्न कस्सीनु पर्नेछ। पार्टिको पछि लाग्ने जोकरलाइ कार्यक्रम गर्ने खर्च र गोरु जोतिए झै लाग्ने लेखकलाई गोरु नै भए पनि दलको दलाल सरह काम गर्नेलाइ प्राज्ञ बनाइनेछ। कलाकर्मी पार्टीमा प्रबेश गरे नेता सङ्ग पुट्ठा डानसको चानस दिने छ ।
पार्टीको ह्विपमा गुलाइ गोबर र गाइलाइ गधा भन्न सक्नु पर्नेछ। सल्लाहकारमा जेल बसेर चोर डाकाको सङ्गत पाएको, जागिर खादा घुस खाएको, परीक्षामा चीट चोरेर सुपरिटेन्डेन्टलाइ छकाएको, भट्टिवाल्नी फकाउने उच क्षेमताका आफन्त राखिनेछ। यस देखि बाहिरका अयोग्य ठहरिनेछ। दलको सदस्य हुन पनि यो लागू हुनेछ। भेडा पाल्ने, सर्प पाल्ने मनसुवा राख्नेलाइ अनुदान दिएर मन्त्रीदेखि प्रधानमन्त्री बनाइनेछ। पार्टीको व्यापार जसरी पनि गर्ने उद्देश्य अनुसार सुन तस्करी देखि् म्यान्पावर ब्यापार र नागरिक बेचबिखन देखि केटी काण्ड मचाएर जेलै परे पनि छुटाइनेछ। मान्छे नै सिद्ध्याए पनि राजिनामा हुने छैन।
यो अङ्ग्रेजी ‘गन’ अपभ्रम्श भएर एकथरी पण्डितले ‘गण’ भनी झुक्काउने ब्यवस्था हो। त्यसैले कस्सैले पनि गनबाट चलेको हुदा अरु आउन दिइने छैन। पुरानो साहुले हाम्रो पार्टिको पसलले कमाएको र घर बसाइ जमाएकाले हटाउन खोजे पनि हट्ने छैनौ। यति भए पछि अब धनार्जन पार्टीमा सदश्यता लिनेलाइ ‘गेट सेट गो’ भने भैगो।
यत्तिकैमा कुकुरमुखी मन्त्रीले मासु खाएर बाकी भएको हड्डीमा दात गाडिरहेको थियो- कता बाट कता बाट एउटा बूट लगाएको मान्छेले थुतुनोमा मचाएर के हानेथ्यो कुकुरको दात हाडमा गाडिएको गाडिए नै कुकुरको थुतुनो छुटेर कुरुप कुकुर बाउ बाउ आवाज निकाल्दै दक्षिणतिर दगुर्यो। बल्ल पात चाट्ने कुकुर ब्यवस्था छुट्यो। हाम्रो पार्टी पनि खारेज भयो।
०००
नर्वे, सन २०२३










































मजा लाग्छ सरका रचना पढ्न पाउँदा।