साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुःख पायौ मङ्गले, आफ्नै ढङ्गले

कति उठ्यो ? कति पायौ ? टिकट बेचेर, साँचो साँचो भनिदेउन, राम्ररी सोचेर । नरोऊ, नरोऊ, हे दाजु मङ्गले, मैले हैन, हो तिम्रै ढङ्गले ।

Nepal Telecom ad

नरोऊ, नरोऊ, हे दाजु मङ्गले, मैले हैन, हो तिम्रै ढङ्गले ।
अघि मैले भनेकै हो, किन मानेनौ
पछि आफै, किन हो, ज्ञान जानेनौ
सेखी पनि गर्नु गर्‍यौ, सेखी झर्‍यो नि
बिना बादल दरर असिना पो पर्‍यो नि
नरोऊ, नरोऊ, हे दाजु मङ्गले, मैले हैन, हो तिम्रै ढङ्गले ।

बसबस तिमी अब, त्यै लगौँटी धोएर
कठै अब के हुन्छ र ब्यर्थमा रोएर
भो भो अब नगर न तिमी पिर धेर
जेठी कान्छी आआफ्नै, मुख हेरेर
नरोऊ, नरोऊ, हे दाजु मङ्गले, मैले हैन, हो तिम्रै ढङ्गले ।

हेर्दा हेर्दै भक्तपुरको लिङ्गो झैँ भाका छौ
देख्दा देख्दै दिनदिन एक्लिदै गाका छौ
तिम्लाई रोग लागेको छ कडा झन् कडा
कति गर्छौ ? भो भो अब, नगर झगडा ।
नरोऊ, नरोऊ, हे दाजु मङ्गले, मैले हैन, हो तिम्रै ढङ्गले ।

देशको पानी के स्वाद ? नखानू होला
खाए खानू बरु त्यै खैरेको कोकाकोला
जीउ रहे त घिउ पनि खान पाइन्छ
जिब्रो टोकी आफै मरे के लान पाइन्छ ?
नरोऊ, नरोऊ, हे दाजु मङ्गले, मैले हैन, हो तिम्रै ढङ्गले ।

खर्च-बर्च बटुलेथ्यौ, के के कति छ नि ?
त्यसले पुग्ने छैन भने लौ दिउँला मै पनि
कति उठ्यो ? कति पायौ ? टिकट बेचेर
साँचो साँचो भनिदेउन, राम्ररी सोचेर ।
नरोऊ, नरोऊ, हे दाजु मङ्गले, मैले हैन, हो तिम्रै ढङ्गले ।

खैरे दाइले दियो होला ! कति, दियो नि ?
ढुकुटीमा तिम्रो आफ्नै के कति थियो नि ?
लेखाजोखा प्रष्ट पार हिसाबको, किताब
नत्र भने यमराजले, गरिदिन्छन् निसाफ ।
नरोऊ, नरोऊ, हे दाजु मङ्गले, मैले हैन, हो तिम्रै ढङ्गले ।

जाउलाखेल
२०७९।२।८।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवाडी र गफाडी

कवाडी र गफाडी

भक्तबहादुर नेपाली
झोलेसँग दोहोरी

झोलेसँग दोहोरी

भक्तबहादुर नेपाली
काग र कोइली

काग र कोइली

भक्तबहादुर नेपाली
कुइरे पस्यो यो देशमा

कुइरे पस्यो यो देशमा

भक्तबहादुर नेपाली
हँस्यौलीका तीन खित्का

हँस्यौलीका तीन खित्का

भक्तबहादुर नेपाली
त्यो सिंह मर्दछ

त्यो सिंह मर्दछ

भक्तबहादुर नेपाली
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x