साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा पदयात्राको ५८ औँ शृङ्खला

अपरान्ह बालकोटस्थित अमृता ओझा घिमिरेको घरमा रचनावाचन सम्पन्न गरिएको थियो ।

Nepal Telecom ad

स्रष्टा पदयात्राको ५८ औं शृङ्खला मिति २०७९/०२/०७ मा गोदवरीदेखि नहरचोक, आशापुरेश्वर, रत्नेश्वर महादेव, काप्रेछाप, काल्नेचौर, माझधारा, वज्रवाराही, गोदामचौर, किटाचौर, विष्टछाप, मुक्तिनाथ मन्दिर, रुरु भैरव मन्दिर, शंखदेवी, क्वय्लाछी, लुभु, कटुञ्जे, चरखण्डी, बालकोट आदि हुँदै चारदोबाटो चोकमा आएर टुंगियो ।

सहयात्री पदयात्रीहरूमा खेमराज पोख्रेल, शीतल गिरि, खोलाघरे साहिंलो, पर्शुराम पराशर, शारदा पराजुली, गीता रेग्मी, सानु घिमिरे, माधव घिमिरे अटल, पारिजात भण्डारी, मन्दिरा मधुश्री, सुमन पुडासैनी, वसन्त रिजाल, विमल अर्याल, समीर पाख्रिन, घनश्याम प्रसाईं, सम्झना भट्टराई र अच्युत घिमिरे हुनुहुन्थ्यो ।

अपरान्ह बालकोटस्थित अमृता ओझा घिमिरेको घरमा रचनावाचन सम्पन्न गरिएको थियो । रचना वाचन गर्ने स्रष्टाहरूमा साम्भवी घिमिरे, समीर पाख्रिन, मन्दिरा मधुश्री, खेमराज पोख्रेल, शारदा पराजुली, घनश्याम प्रसाई, वसन्त रिजाल, सुमन पुडासैनी मित्र, खोलाघरे साँहिलो, विमल अर्याल, अच्युत घिमिरे माधव घिमिरे अटल, परशुराम पराशर र अमृता ओझा घिमिरे हुनुहुन्थ्यो । पदयात्राका संयोजक शीतल गिरिबाट सबैलाई सम्बोधन गरेर गद्यकविता सुनाउँदै सधन्यवाद सभा समापन गर्नुभएको थियो ।

– परशुराम पराशर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x