सुलसुलेसंस्मरणात्मक कृति ‘नबिर्सेका दिनहरू’ लोकार्पण
शीला खवासले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता भीम खवासले गर्नुभएको थियो भने प्रमुख आतिथ्य वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेलको थियो ।

मेचीनगर, झापा । जेठ ८, २०७९ । रण-खड्ग फाउण्डेसन, मेचीनगर-१५, खवासबारीको आयोजनामा भएको भीम खवासको संस्मरणात्मक कृति ‘नबिर्सेका दिनहरू’को लोकार्पण तथा भीम खवासज्यूको ६९ औं जन्मदिवसको कार्यक्रम सम्पन्न भएको छ । ।
भीमज्यूकै बुहारी शीला खवासले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता भीमज्यूले गर्नुभएको थियो भने प्रमुख आतिथ्य वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेलको थियो । प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, तारा विविध, दामोदर ढुङ्गेलको आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिले कृतिको लोकार्पण गर्नुभएपछि तारा विविध तथा दामोदर ढुङ्गेलले कृतिको विस्तृत समीक्षा गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैको स्वागत गर्ने काम भने भीमज्यूकी अर्की बुहारी सुशीला खवासले गर्नुभएको थियो ।
झापाका पत्रकार, साहित्यकार-लेखकहरु भीम सुब्बा, चन्द्र भण्डारी, राजेन्द्र संग्रौला, परशुराम तिमसिना, भगवती ढुङ्गेल, प्रेमप्रकाश फलाहारी, कृष्णप्रकाश सुमार्गी, इन्द्र कटुवाल, मिना अधिकारी, होमनाथ भण्डारी, रामचन्द्र उप्रेती, कृष्णप्रसाद उप्रेती, मोहनकाजी, अर्जुन कार्की, अम्बर बराल, प्रकाश पौडेल, जय आचार्य, मेची क्याम्पसका उपप्राध्यापक पुण्य खरेल, सहप्राध्यापक लीलाप्रसाद अधिकारी, मिरा काफ्ले पोखरेल, भीम निरौला, केन्द्रप्रसाद भट्टराई, हरिप्रसाद रिमाल, मिलनकुमार ढुङ्गाना, भरोसादास पौडेल, कल्पना श्रेष्ठ, कल्पना ओली, विजय खरेल, केसाङ लामा, हेमन्तराज दवाडी, विन्दु दाहाल, टीका भट्टराई नेपाल, पदम गौतम, नीलकण्ठ तिवारी, अम्बिका भण्डारी, झुलन रेग्मी, मातृका संग्रौला, आदिसहित सयौंको उपस्थितिमा निर्माण होटेलको सभाकक्षमा भएको कार्यक्रममा निरज कट्टेल, पुण्यप्रसाद खरेल, सुभद्र भट्टराई, चन्द्र भण्डारी तथा प्रमुख अतिथि कोमलप्रसाद पोखरेलले भीमज्यूको पुस्तक बारेमा संक्षिप्त चर्चा गर्दै जन्मदिनको उपलक्ष्यमा शुभकामना मन्तव्य पनि राख्नुभयो ।
अन्त्यमा कार्यक्रम बारेमा जानकारी गराउँदै भीमले अब अर्को कार्यक्रमदेखि यस रण-खड्ग फाउण्डेसनले एक जना उत्कृष्ट किसानलाई रु ३०,०००/-, एक जना कुशल आमालाई रु ३०,०००।- तथा उत्कृष्ट विद्यार्थीलाई रु ३०,०००।- प्रत्येक वर्ष पुरस्कृत गर्ने निणर्य भएको कुरा समेत जानकारी गराउँदै र उपस्थित सबैलाई धन्यवाद तथा कृतज्ञता जनाउँदै कार्यक्रम समापन गर्नुभयो थियो ।
– पुण्य खरेल, झापा
Subscribe
Login
0 Comments
Oldest












































