सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नियति र नतिजा

सत्तारोहणका भर्‍याङ जनता पर्खेर कुर्छन् तल नेता, शासक भ्रष्ट, लोलुप हुँदा हामी सधैँ निर्बल ।

Nepal Telecom ad

गर्छौँ क्रान्ति मिली समस्त जनता फेर्छौँ नयाँ शासक
दिन्छौँ भोट भई परस्त दलमा निर्बाध चुन्छौँ ठग ।
सत्तारोहणका भर्‍याङ जनता पर्खेर कुर्छन् तल
नेता, शासक भ्रष्ट, लोलुप हुँदा हामी सधैँ निर्बल ।।

आएको जति मालपोत, कर वा राजस्व, विप्रेषण
सिध्याई त्यसमा गरी मनपरी छन् मख्ख नेतागण ।
यो हाम्रो सरकार हो कि करको पर्याय वा भार हो
सत्ताको उपहार हो कि महँगी निर्लज्ज संस्कार यो ।।

सत्ता, अर्थ रहेछ अस्त्र कलिको को सक्छ होला छुन
छन् जो मालिक आज शक्ति पदमा पर्दैन राम्रो हुन ।
लाग्यौँ जोर्न भनेर हातमुख यी तिर्दा सबै रित्तियौँ
हामी मध्यम वर्गका श्रमिक हौँ जन्म्यौँ मर्‍यौँ सिद्धियौँ ।।

हाम्रामा न त अर्थतन्त्र बलियो वा राजनेता भए
नेपाली जनता सधैँ चुप रही जे हुन्छ भोगे, सहे ।
बिर्सी राष्ट्रियतासमेत पदमा खोज्छन् सधैँ टाँसिन
बोल्दैनन् दल एकसाथ उभिई स्वाधीनतामा किन ।।

आफूमात्र सही अरू गलत हुन् ठान्ने स्वयं दिग्गज
फेर्‍यौँ पद्धति भिन्न शासकहरू सोचाइ उस्तै अझ ।
नेताको दलको परीक्षण भयो सारा भए निष्फल
भोग्दैछौँ मतदान, भक्ति दलको गर्दा चुकेको फल ।।

सुर्खेत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय
के विश्वविद्यालय ?

के विश्वविद्यालय ?

वासुदेव पाण्डेय
नियति र देश

नियति र देश

वासुदेव पाण्डेय
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

वासुदेव पाण्डेय
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल