साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियति र नतिजा

सत्तारोहणका भर्‍याङ जनता पर्खेर कुर्छन् तल नेता, शासक भ्रष्ट, लोलुप हुँदा हामी सधैँ निर्बल ।

Nepal Telecom ad

गर्छौँ क्रान्ति मिली समस्त जनता फेर्छौँ नयाँ शासक
दिन्छौँ भोट भई परस्त दलमा निर्बाध चुन्छौँ ठग ।
सत्तारोहणका भर्‍याङ जनता पर्खेर कुर्छन् तल
नेता, शासक भ्रष्ट, लोलुप हुँदा हामी सधैँ निर्बल ।।

आएको जति मालपोत, कर वा राजस्व, विप्रेषण
सिध्याई त्यसमा गरी मनपरी छन् मख्ख नेतागण ।
यो हाम्रो सरकार हो कि करको पर्याय वा भार हो
सत्ताको उपहार हो कि महँगी निर्लज्ज संस्कार यो ।।

सत्ता, अर्थ रहेछ अस्त्र कलिको को सक्छ होला छुन
छन् जो मालिक आज शक्ति पदमा पर्दैन राम्रो हुन ।
लाग्यौँ जोर्न भनेर हातमुख यी तिर्दा सबै रित्तियौँ
हामी मध्यम वर्गका श्रमिक हौँ जन्म्यौँ मर्‍यौँ सिद्धियौँ ।।

हाम्रामा न त अर्थतन्त्र बलियो वा राजनेता भए
नेपाली जनता सधैँ चुप रही जे हुन्छ भोगे, सहे ।
बिर्सी राष्ट्रियतासमेत पदमा खोज्छन् सधैँ टाँसिन
बोल्दैनन् दल एकसाथ उभिई स्वाधीनतामा किन ।।

आफूमात्र सही अरू गलत हुन् ठान्ने स्वयं दिग्गज
फेर्‍यौँ पद्धति भिन्न शासकहरू सोचाइ उस्तै अझ ।
नेताको दलको परीक्षण भयो सारा भए निष्फल
भोग्दैछौँ मतदान, भक्ति दलको गर्दा चुकेको फल ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x