साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आत्महत्या गरे भयो !

घुम्छु संसार भन्छस् तँ आफैभित्र हराउँछस् ! विश्वात्मा बन्छु भन्छस् तँ सत्ता ! सत्ता ! कराउँछस् !

Nepal Telecom ad

क्रान्ति गर्दछु भन्छस् तँ आगो जोर्न डराउँछस् !
बाटो खन्दछु भन्छस् तँ ढिस्को फोर्न डराउँछस् !

आँट गर्न नसक्नेले दम्भ नै नगरे भयो !
किन पो बाँच्नु लाछीले आत्महत्या गरे भयो !

फाँड्छु जङ्गल भन्छस् तँ काँडा देख्दा डराउँछस् !
चढ्छु हिमाल भन्छस् तँ डाँडा देख्दा डराउँछस् !
दुःख खप्न नसक्नेले ध्वाँस नै नछरे भयो !
के बाँच्ने हुतिहाराले आत्महत्या गरे भयो !

खेती गर्दछु भन्छस् तँ खेत खन्न डराउँछस् !
चेतना छर्छु भन्छस् तँ सत्य भन्न डराउँछस् !
श्रम गर्न नसक्नेले खेती नै नगरे भयो !
किन पो बाँच्नु ढोँगीले आत्महत्या गरे भयो !

युद्ध गर्दछु भन्छस् तँ योद्धा बन्न डराउँछस् !
शान्ति छर्दछु भन्छस् तँ बुद्ध बन्न डराउँछस् !
सिन्को भाँच्न नसक्नेले कुरा नै नगरे भयो !
के बाँच्ने डरछेरूले आत्महत्या गरे भयो !

घुम्छु संसार भन्छस् तँ आफैभित्र हराउँछस् !
विश्वात्मा बन्छु भन्छस् तँ सत्ता ! सत्ता ! कराउँछस् !
सत्तामा विश्व देख्नेले दुर्गन्ध हसुरे भयो !
के बाँच्ने लुब्ध भोगीले आत्महत्या गरे भयो !

कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिक कविता

आधुनिक कविता

डा. रामप्रसाद ज्ञवाली
जङ्गलको चुनाव

जङ्गलको चुनाव

डा. रामप्रसाद ज्ञवाली
दुर्जनलाई मन नपर्ने निबन्धहरू

दुर्जनलाई मन नपर्ने निबन्धहरू

डा. रामप्रसाद ज्ञवाली
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
डेँगू

डेँगू

डा. रामप्रसाद ज्ञवाली
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x