साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य पत्रिका ‘कानेखुसी’ पुनर्प्रवेशाङ्क लोकार्पण

५१ वर्षको इतिहास बोकेको हास्यव्यङ्ग्य पत्रिका कानेखुसीको नयाँ अङ्क पुनर्प्रवेशाङ्कको रुपमा आज विशिष्ट साहित्यकार युवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भयो ।

Nepal Telecom ad

सिलगढ़ी- २२ मई । ५१ वर्षको इतिहास बोकेको कानेखुसीको नयाँ अङ्क पुनप्र्रवेशाङ्कको रुपमा आज विशिष्ट साहित्यकार युवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख र विशिष्ट अतिथिको रुपमा सुषमा मोक्तान गुरुङ, तारा प्रधान, प्रतिमा जोशी, मोनिका प्रधान, हेमराज तामाङ, मञ्जू शर्मा, विजय ब्लोन. रमा गुरुङ, सुदिप रसाइली आदिले सम्बोधन गरे ।

शरद गुरुङ सञ्चालित यस लोकार्पण समारोहमा दीपा साइने र करुणा सिंहले गायन प्रस्तुत गरे भने मिलन लामा ’रोगी’ र सचिन दर्नालले निजी काव्य रचना वाचन गरेर कार्यक्रमको शोभा बढ़ाए ।

यस लोकार्पण कार्यक्रममा कानेखुसीकी संयुक्त सम्पादक मोनिका प्रधानले कानेखुसी प्रकाशनको प्रायोजन गरेकीमा उनलाई कानेखुसीको पक्षबाट उष्ण अभिनन्दन जनाइयो । मोनिकाले उनको वक्तव्यमा कानेखुसी आफूले सकेजति भविष्यमा पनि सहयोग पुऱ्याउने वचन दिइन् । साथै कानेखुसीकी प्रबन्धक निर्देशक मन्दिरा प्रधानलाई पनि अभिनन्दन जनाइयो।

कार्यक्रममा सभाघ्यक्ष लगायत उपस्थित प्रमुखअतिथि तथा विशिष्ट अतिथिगणले ५१ वर्षको इतिहास बोकेको कानेखुसी पुनर्प्रवेशाङ्क भएकोमा हर्ष व्यक्त गर्दै त्रयमासिक कानेखुसीलाई मासिक रुपमा प्रकाशित गर्नाका साथै कानेखुसी अब नमास्ने सभामा अनुरोध राखे । सबैले कानेखुसी प्रकाशनमा आ-आफ्नो गच्छेनुसार सहयोग गरेर कानेखुसीलाई अजम्बरी बनाउने आश्वासन दिए ।

कानेखुसीका प्रमुख सम्पादक तथा प्रकाशक कृष्ण प्रधानले कानेखुसी प्रकाशनको आरम्भदेखि अहिलेसम्मको विस्तृत इतिहास प्रस्तुत गरे । सभाध्यक्ष युवराज काफ्लेले पनि सन् १९७३ देखि कानेखुसी प्रकाशित भएको तथ्यलाई उजागार गरी कानेखुसीको साङ्पाङ्गो इतिहास प्रस्तुत गर्नाका साथै कानेखुसीलाई अब कुनै सुरतले पनि बचाउँनुपर्छ भन्ने आशीर्वचन दिए ।

भोलिदेखि कानेखुसी बजारमा उपलब्ध हुने कुरा कानेखुसी प्रबन्धन विभागकी नगिता लेप्चा राईले जनाएकी छन् ।

कानेखुसीकाे पुनर्प्रकाशनकाे यस अवसरमा फित्काैली डटकम खित्काैलीमय शुभकामना व्यक्त गर्दछ ।

कानेखुसीका प्रमुख सम्पादक कृष्ण प्रधानकाे फेसबुक पेजबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x