सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डेँगू

दृश्यमा अन्धकार मन पर्छ डेँगूलाई मित्रतामा कुलङ्गार मन पर्छ डेँगूलाई विसङ्गतिबाहेक केही मन पर्दैन डेँगूलाई अनौठोको रोगी छ डेँगू उसलाई मन लागे स्वस्थ बन्छ ! उसलाई मन लागे बिरामी पर्छ !

Nepal Telecom ad

डा. रामप्रसाद ज्ञवाली :

अनौठाको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !

हुकुम प्यारो डेँगूलाई
दरबार हुकुम गर्छ, डेँगू हाजिर
डेँगूलाई ज्वरो आउँदैन !
कट्वालहरू हुकुम गर्छन्, डेँगू उपस्थित
डेँगूलाई पेट दुख्दैन !
साम्राज्यवाद हुकुम गर्छ, डेँगू कुदेर पुग्छ
डेँगूलाई दम बढ्दैन !
जब निम्तो गर्छ जनसंसदले, डेँगू बिरामी पर्छ
डेँगूलाई दम बढ्दैन !
जब निम्तो गर्छ जनसंसदले, डेँगू विरामी पर्छ
डेँगू रोगले छट्पटाउँछ
उसको दम बढ्छ
उसलाई रक्तचापले सताउँछ
हुकुमबाहेक केही मन पर्दैन डेँगूलाई
अनौठाको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !

स्वतन्त्रता प्यारो छ डेँगूलाई
प्यारजङ्गहरू मान्छे मार्छन् !
मारून्- स्वतन्त्रता हो !
कटुवालहरु फुली थाप्छन् !
थापून्- स्वतन्त्रता हो !
सीतारामहरू ढुकुटी फोर्छन् !
फोरून्- स्वतन्त्रता हो ।
व्यभिचारीहरू बलात्कार गर्छन् !
गरून्- स्वतन्त्रता हो ।
स्वतन्त्रताबाहेक केही मन पर्दैन डेँगूलाई
अनौठाको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !

शान्ति प्यारो छ डेँगूलाई
मानिसहरू अपहरणमा पर्छन्
ॐ शान्ति ! शान्ति !
मानिसहरू भोकले मर्छन्-
ॐ शान्ति ! शान्ति !
मानिसहरू बाढीले बग्छन्-
ॐ शान्ति ! शान्ति !
मानिसहरू पहिरोले पुरिन्छन्-
ॐ शान्ति ! शान्ति !
शान्तिबाहेक केही मन पर्दैन डेँगूलाई
अनौठाको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !
बिसङ्गति प्यारो छ डेँगूलाई
मैदानमा कालाजार मनपर्छ डेँगूलाई
जङ्गलमा विषालु झार मनपर्छ डेँगूलाई
गाउँमा अत्याचार मन पर्छ डेँगूलाई
सहरमा कारागार मन पर्छ डेँगूलाई
प्रशासनमा भ्रष्टाचार मन पर्छ डेँगूलाई
प्रेममा व्यभिचार मन पर्छ डेँगूलाई
धर्ममा अन्धविश्वास मन पर्छ डेँगूलाई
दृश्यमा अन्धकार मन पर्छ डेँगूलाई
मित्रतामा कुलङ्गार मन पर्छ डेँगूलाई
विसङ्गतिबाहेक केही मन पर्दैन डेँगूलाई
अनौठोको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !

०००
कपन, काठमाडौँ
‘फित्कौली’ अङ्क १५, भदौ २०६४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
साँच्चै सुन्दर छ्यौ तिमी !

साँच्चै सुन्दर छ्यौ तिमी...

डा. रामप्रसाद ज्ञवाली
नेपाल बेकार छ !!

नेपाल बेकार छ !!

डा. रामप्रसाद ज्ञवाली
आत्महत्या गरे भयो !

आत्महत्या गरे भयो !

डा. रामप्रसाद ज्ञवाली
नयाँ वर्ष तिमी मेरा जय हौ वा पराजय ?

नयाँ वर्ष तिमी मेरा...

डा. रामप्रसाद ज्ञवाली
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’