साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलु क्रान्ति गरौँ

जग्गा प्लटिङ्ग गरेर अलिअलि बचेखुचेका खेतबारीमा आलु, करेसाबारीमा आलु, कौशीमा आलु, गमलामा आलु, पुराना थोत्रा बाकस, थोत्रा भाडा बर्तनमा आलु, जिजुबाजेका पालाका कोपरा ताउलोमा भएपनि आलु लगाऔँ ।

Nepal Telecom ad

कमल भैरवेली :

दाजुभाइ दिदिबहिनीहरू होअब जागाैँ । यो मुलुकमा अब आलु क्रान्ति गराैँ । कति बाहिरी बिषादीयुक्त तरकारी खाएर मृगौला प्रत्यारोपण मात्र गर्ने ! कहिले काही व्यापक रूपमा आलु प्रत्यारोपण पनि गरौँ । कति सधैं भारतको मात्र आलु खाने । बरू महजोडीले भने झैं भात पनि आलुको, दाल पनि आलुको, अचार पनि आलुको खाम्ला । आफ्नै देशमा फलाएर । आलु खाएरै दशै मनाम्ला, तिहार मनाम्ला । जुवाको खालमा आलुनै राखम्ला । आफ्नै बारीको कोदोको झोलसगँ आलुकै सेकुवा खाम्ला । आलु उसिनेर खाम्ला । पोलेर खाम्ला । आलुको परोठा आलुको झोलमा च्वाप्प चोपेर खाम्ला । आलु खाएर पेडा होइन आलुकै धाक लाम्ला । पाहुनालाई आलुको मालाले स्वागत गरम्ला, दुश्मनलाई आलुको डल्लाले हिर्काम्ला । आलुलाई हाम्रो जीवन पद्दति नबनाई भैन । आलुलाई राष्ट्रियताको पहिचान नबनाई भैन । राष्ट्रपतिको स्वागतमा आलु, प्रधानमन्त्री, मन्त्री, सांसद महासशयहरूको स्वागतमा आलुको माला, गाई,भैंसीलाई आलुकै कुँडो ख्वाम्ला । कुकुरलाई हिर्काउन परे आलुले नै हिर्काम्ला । ढुकुर मार्न परे पनि आलुकै मट्याङ्रा प्रयोग गरेर मारम्ला ।

आलुको आयातमा राज्यले अर्बौ खर्च गर्छ भनेको सुन्दा सारै नमज्जा आयो । हुनत आलुमा मात्र होइन दाल, चामल, लसुन प्याज, सियोदेखि लिएर ठूला गाडीसम्म्को आयातमा खर्बौ खर्च गर्छ यो मूलुकले । तथापि मैले आलु उत्पादनमा मात्र भए पनि जोड दिनुपर्ने कुरालाई अघि सारेँ । किनकी गरिबदेखि सम्पन्नशालीसम्म गोरीदेखी कालीसम्म, मेचीदेखि महाकालीसम्मकाले, मरन्च्यासेदेखि हृष्टपुष्टसम्मकाले, ईष्टदेखि दुष्टसम्मकाले रुचाउने भनेको आलु नै हो । आलुले कतिपयको छाकै पनि टार्ने ल्याकत राख्छ । आलुको एउटो डल्लो खप्ल्याक्क खाएपछि केहीबेरलाई भोक पनि टर्छ । आलुलाई मुख्य भोजनको रूपमा खादै गर्दा शब्जीको आवश्यकता नै पर्दैन । टेस्टी बनाउन अलिकता नुन र खुर्सानीको धुलो छर्के पुग्यो ।

आलुको पिण्डले पितृ पनि खुसी नहुने कुरै छैन । वैतरणी तर्न नसकेर भौतारिएका आत्माहरू आलुको पिण्ड पाएपछि सिधै धर्मराजको सभामा प्रसन्न हुदै आफ्नो उपस्थिति दर्ज गर्नेछन् । परम्परागत पिण्ड बनाउन शुद्ध दुध र चामल आवश्यक पर्छ । अब शुद्ध दुध कहाँ पाउनु ! एकमात्र पिण्ड बनाउन सजिलो यही शुद्ध आलु हो । शुद्ध चिज अर्पण गर्दा पितृले आशिक दिन्छन्, नाच्छन्, गाउछन् र रमाईलो गर्छन् ।

अब चामलको भाउ आकासियो । आम सर्वसाधारण भात खान सक्ने अवस्थामा रहेनन् । त्यसैले आलु क्रान्तिको कुरा गरेको हूँ । जग्गा प्लटिङ्ग गरेर अलिअलि बचेखुचेका खेतबारीमा आलु, करेसाबारीमा आलु, कौशीमा आलु, गमलामा आलु, पुराना थोत्रा बाकस, थोत्रा भाडा बर्तनमा आलु, जिजुबाजेका पालाका कोपरा ताउलोमा भएपनि आलु लगाऔँ । सार्वजनिक जग्गामा आलु, खेल मैदानमा आलु रोपेर तातो आलु खेलाऔ बालबालिका खुसी हुन्छन् । अस्पताल वरिपरी आलु, विद्यालय प्राङ्गणमा आलु, मन्दीरमा आलु, हिमालमा आलु पहाडमा आलु, तराइमा आलु, नदी किनारमा आलु, चिहानघाटमा पनि आलु जताततै आलु खेती गरौ । अनि बल्ल पो हुन्छ आलुक्रान्ति । बल्ल पो बन्छ हाम्रो भाग्य र भविष्य । जय आलु !!

०००
भैरहवा, रूपन्देही ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हरिबोधनी व्रत

हरिबोधनी व्रत

कमल भैरवेली
रोग र मान्छे

रोग र मान्छे

कमल भैरवेली
ओभरलोड

ओभरलोड

कमल भैरवेली
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x