साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुबोस् देश के भो म सत्ता नछाडूँ ।

छ मौका जुरेको अझै धेर गाडूँ डुबोस् देश के भो म सत्ता नछाडूँ । सुनौलो जुरेको यही भाग भत्ता बपौती बनेको यही राज सत्ता बनूँ मात्र आफू म मौका नभाँडूँ डुबोस् देश के भो म सत्ता नछाडूँ ।७

Nepal Telecom ad

घनश्याम रेग्मी :

हिमाली धराको उचो अस्मिता यो
अझै धुत्न पाए मजा क्या हुँदो हो
सबै रत्न जम्मा गरी टाप पारूँ
डुबोस् देश के भो म सत्ता नछाडूँ ।१

थियो पुग्न सत्ता र गोली चलाएँ
मरे सत्र हज्जार यो ठाउँ पाएँ
अझै लाग्छ माटो खनी लास गाडूँ
डुबोस् देश के भो म सत्ता नछाडूँ ।२

विदेशी पुकारेँ र कैयौं म धाएँ
बडो मेजमानी दिए खान पाएँ
त्यही तिर्न भारा परेको छ क्यारूँ
डुबोस् देश के भो म सत्ता नछाडूँ ।३

छ मेरो खुराकी उतैको सधैँ नै
सलामी नपुग्दो भएको अझै नै
सहेली उतै छन् म पोका नतारूँ
डुबोस् देश के भो म सत्ता नछाडूँ ।४

लडूँन् गाउँका भाइ छोरा गरून् जे
मरून् सेरिएरै विपत्ता परून् जे
उता जे हुने हो हवस् कान मोडूँ
डुबोस् देश के भो म सत्ता नछाडूँ ।५

लुटी भूमि आफ्नै पराया रिझाऊँ
नदी बेच्न पाऊँ र अर्बौं कमाऊँ
छ मौका जुरेको अझै धेर गाडूँ
डुबोस् देश के भो म सत्ता नछाडूँ ।६

सुनौलो जुरेको यही भाग भत्ता
बपौती बनेको यही राज सत्ता
बनूँ मात्र आफू म मौका नभाँडूँ
डुबोस् देश के भो म सत्ता नछाडूँ ।७

यता शब्दका जाल फाल्दै रहूँ म
छकाएर हाँडी सबै यो भरूँ म
गरी धेर टुक्रा यही भूमि बाँढू
डुबोस् देश के भो म सत्ता नछाडूँ ।८

०००
भरतपुर, ५ चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

नरनाथ लुइँटेल
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
0
Would love your thoughts, please comment.x
()
x