साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सल्लाह – काटेर राम्रो हुनू

मान्छेका मनभित्रका सब कुरा बोल्ने यही आकृति यस्तो सोच विचार यो छ यसरी खोल्ने यही आकृति । राम्रो आकृतिमा हिलो अब कतै कोही नछ्याप्ने बनूँ दाह्री काट सफा चटक्क पर लौ धेरै कुरा के भनूँ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

मानौँ झार बढेर ढाकिन गए हाम्रा पखेराभरि
काट्ने फुर्सद छैन वा रहर हो छुट्टाउने के गरी ।
दाह्री झुस्स फुलेछ घाँससरिकै सौन्दर्य खै के हुनु
यो दाह्री नसुहाउँदो अति भयो काटेर राम्रो हुनू ।।

दाह्रीमा नङमा अनेक थरिका मैला जमी बस्दछन्
खानामा जिउमा घुसेर यिनले रोगादि फैलाउँछन् ।
बिर्सेछौ कि अगाडिका पठनका शिक्षा कुरा स्वास्थ्यका
गर्दा काम मिलेन फुर्सद भने के काम ती व्यर्थका ।।

अल्छी लाग्छ बजार जान घरमा पत्ती बिनी खौरिनू
पत्ती छैन भने बजार नजिकै होला उतै दौडिनू ।
गोजीमा रुपियाँ भरी सहरका नौवाकहाँ धाउनू
दाह्री काट चिटिक्क पार अब लौ आदेश यस्तो दिनू ।

नारी सुन्दर देखिने सज धजी सारी लगाए पछि
साह्रै हुन्छ अशोभनीय नर ता दाह्री पलाए पछि ।
के गर्दा बनिने छ सुन्दर भनी सोचेर केलाउनू
राम्रो सुन्दर देखिने मन भए दाह्री सफा खौरिनू ।।

मान्छेका मनभित्रका सब कुरा बोल्ने यही आकृति
यस्तो सोच विचार यो छ यसरी खोल्ने यही आकृति ।
राम्रो आकृतिमा हिलो अब कतै कोही नछ्याप्ने बनूँ
दाह्री काट सफा चटक्क पर लौ धेरै कुरा के भनूँ ।

थोत्रा चिन्तन छोड राख दृढता मान्छेहरू हो अब
थोत्रा वस्त्र भिरेर हुन्छ रमिता यस्तै बुझौँ लौ अब ।
फेर्नै पर्छ पुरा कथा अब नयाँ सोचाइ भित्र्याउनू
राम्रो सोच र रूप सुन्दर हुने कर्तव्य पैल्याउनू ।।

०००
समी चोक, भरतपुर ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x