साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाइँनेछ मिठो फल

पोलेर घर सम्पत्ति आगो बालेर ताप्दछौँ अमूल्य रत्न बेचेर खरानी किन घस्दछौँ । खुट्टा तान्ने प्रवृत्तिको चाँडो अन्त्य गरौँ अब देश निर्माण यात्रामा साथै साथै हिँडौँ सब ।

Nepal Telecom ad

घनश्याम रेग्मी

देशमा खेल चल्दैछ पासा छन् भिन्न रङ्गका
जुवाडे व्यस्त छन् थाप्न आआफ्ना दाउ ढङ्गका ।

ठालुले काम गर्दैनन्  निर्धो चापिन्छ मर्दछ
यो कस्तो मत्स्यको न्याय ठुलाले निल्नु पर्दछ ।

उद्योग देशमा छैनन् भएका पनि बेचिए
गाउँ बस्ती भए रित्ता त्यहाँका जन खेदिए ।

पानीका मूल बिस्तारै सुक्दै छन् गाउँमा किन
पानीमात्र कहाँ सुक्थ्यो बस्ती लाग्दैछ निख्रिन ।

हाम्रा पहाड रित्ता छन् हराए वन औसधि
पुराना रुख काटिन्छन् रोपिन्नन् यो छ दुर्गति ।

संभावना थियो राम्रो फलफूल जडीबुटी
राज्यको किन जाग्दैन यो कर्म गर्न हुट्हुटी ।

वस्तु पालनले हामी आत्मनिर्भर जो थियौँ
मलिला खेत हुन् हाम्रा बाँझै राखी खुसी भयौँ ।

पोलेर घर सम्पत्ति आगो बालेर ताप्दछौँ
अमूल्य रत्न बेचेर खरानी किन घस्दछौँ ।

खुट्टा तान्ने प्रवृत्तिको चाँडो अन्त्य गरौँ अब
देश निर्माण यात्रामा साथै साथै हिँडौँ सब ।

कहिले लाग्छ खै घाम भई आकाश निर्मल
बेलैमा बोट रोपेमा पाइनेछ मिठो फल ।

०००
समी चोक, भरतपुर ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x