साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव आउँदा हिमाल किन ओझेलमा पर्छ ?

जब सीमा हडपिने चलखेल हुन्छ, शिर ठाडो गरी उभिने हिमाल ! गीतमा भाका हालेर गाउँछौँ “हिमाल सुन्दर, शान्त, विशाल।” तर चुनाव आउँदा किन हिमाल ओझेलमा पर्छ ? एउटा यक्ष–प्रश्न, खोइ उत्तर कुन "युधिष्ठिर" ले दिन्छ ??

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

चुनाव आउँदा हिमाल ओझेलमा पर्छ,
हिमालको चर्चा कहाँ कसले गर्छ ?
गरे पनि केवल सुनपानी छर्छ,
कसले यहाँ आई उसका पीडा हर्छ ?

डाक बढाबढ भइरहेका बेला,
हिमाललाई कसले स्याहार्छ ?
कारण, हिमालसँग साहस त छ,
तर भोट नगण्य छ !

न सडक चाहियो उसलाई,
न कुर्सी, न त सत्ता।
उसका आफ्ना सन्तति पनि,
खै, हराए कता ?

नेताका नारा तल बजारमा,
हिमालमाथि सुनसान छ।
किनकि भोट तलै खस्छ,
माथि त केवल पहिचान छ।

न अस्पताल पुगेको छ त्यहाँ,
न विद्यालयको उज्यालो।
उज्यालोको जो स्रोत छ,
फेरि किन त्यहाँ अँध्यारो ?

हिमाल सोच्छ मौन स्वरमा,
“म देश होइन र ?
मेरो पसिनाले बग्ने नदी
तिमीहरूको जीवन होइन र ?”

हिमाल चुप छ, त्यसैले कमजोर ठानिन्छ,
हो, उ नारा लगाउन जान्दैन।
मतपेटिकामा औँठाछाप छैन,
त्यसैले कसैले गन्दैन।

जब सीमा हडपिने चलखेल हुन्छ,
शिर ठाडो गरी उभिने हिमाल !
गीतमा भाका हालेर गाउँछौँ
“हिमाल सुन्दर, शान्त, विशाल।”

तर चुनाव आउँदा
किन हिमाल ओझेलमा पर्छ ?
एउटा यक्ष–प्रश्न,
खोइ उत्तर कुन “युधिष्ठिर” ले दिन्छ ??

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x