साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धवृद्धा सँगै छन्

कहाँ हो साथीको जन्म अर्को कहाँको हिँडौँला घुम्तीमा साथ बाचा जहाँको छुटे धेरै यात्री भोलि को भेटिने हुन् मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

जुटायो भावीले साथमा बाँच भन्दै
सँगै बोक्छन् भारी काँधमा काँध थाप्दै
उकालोका साथी ओर्लिँदामा सँगै झन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।।१

पिए पानी साथै भोक तिर्खा हुँदामा
पुछेका साथीका आँसु धारा रुँदामा
युगौँ बित्ला हामी छुट्टिदैनौँ नि भन्छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।।२

निकै आए बाधा विघ्न धक्का दिने ती
कुरा काट्ने कैयौं व्यक्ति वैरी छिमेकी
सवारी पाङ्ग्रा हुन् साथसाथै रहन्छन्
चखेवा जोडी झैँ वृद्धवृद्धा सँगै छन् ।।३

छ लामो यो यात्रा जिन्दगीको असाध्य
दिएका साथीको साथ साझा छ लक्ष्य
न नाफा घाटाको व्याज चिन्ता लिँदैनन्
परेवा जोडी झैँ वृद्धवृद्धा सँगै छन् ।।४

कहाँ हो साथीको जन्म अर्को कहाँको
हिँडौँला घुम्तीमा साथ बाचा जहाँको
छुटे धेरै यात्री भोलि को भेटिने हुन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।।५

०००
समी चोक, भरतपुर ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x