साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धवृद्धा सँगै छन्

कहाँ हो साथीको जन्म अर्को कहाँको हिँडौँला घुम्तीमा साथ बाचा जहाँको छुटे धेरै यात्री भोलि को भेटिने हुन् मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

जुटायो भावीले साथमा बाँच भन्दै
सँगै बोक्छन् भारी काँधमा काँध थाप्दै
उकालोका साथी ओर्लिँदामा सँगै झन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।।१

पिए पानी साथै भोक तिर्खा हुँदामा
पुछेका साथीका आँसु धारा रुँदामा
युगौँ बित्ला हामी छुट्टिदैनौँ नि भन्छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।।२

निकै आए बाधा विघ्न धक्का दिने ती
कुरा काट्ने कैयौं व्यक्ति वैरी छिमेकी
सवारी पाङ्ग्रा हुन् साथसाथै रहन्छन्
चखेवा जोडी झैँ वृद्धवृद्धा सँगै छन् ।।३

छ लामो यो यात्रा जिन्दगीको असाध्य
दिएका साथीको साथ साझा छ लक्ष्य
न नाफा घाटाको व्याज चिन्ता लिँदैनन्
परेवा जोडी झैँ वृद्धवृद्धा सँगै छन् ।।४

कहाँ हो साथीको जन्म अर्को कहाँको
हिँडौँला घुम्तीमा साथ बाचा जहाँको
छुटे धेरै यात्री भोलि को भेटिने हुन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।।५

०००
समी चोक, भरतपुर ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x