साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथाकार कुमार काेइरालाकाे कथासङ्ग्रह विमाेचित

उदयपुर साहित्य कला प्रतिष्ठानकाे आयाेजनामा र बेलका नगरपालिका उदयपुरका नगर प्रमुख अशाेक कार्कीकाे प्रमुख आतिथ्यतामा भयकाे साे कार्यक्रममा विमाेचित पुस्तककाे प्रकाशक पनि आयाेजक संस्था नै रहेकाे छ ।

Nepal Telecom ad

उदयपुर, २०८२ माघ २४ । कवि तथा कथाकार कुमार काेइरालाद्वारा लिखित कथा सङ्ग्रह सानुभााइ शनिबार एक कार्ययक्रमका विचमा बेलका नगरपालिकाकाे सभा हलमा एक भव्य र सभ्य कार्यक्रमका विचमा सामुहिक रुपमा विमाेचन भएकाे छ।

उदयपुर साहित्य कला प्रतिष्ठानकाे आयाेजनामा र बेलका नगरपालिका उदयपुरका नगर प्रमुख अशाेक कार्कीकाे प्रमुख आतिथ्यतामा भयकाे साे कार्यक्रममा विमाेचित पुस्तककाे प्रकाशक पनि आयाेजक संस्था नै रहेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि बेलका नपाका प्रमुख कार्कीले साहित्यिक क्षेत्र भनेकाे ममहासागर हाे । यसमा डुबुल्कीि मार्न जाे काेही नसक्ने बताए । उनले साहित्य कला संस्कृति समाजकाे चित्रण हाे र हामीले साहित्यले देखाएकाे बाटाे , लेखक कलाकर्मीहरुले सिर्जना गरेका कृतिहरुलाई हाम्राे सम्पतिका रुपमा संरक्षण गरेर अघि बढनु पर्ने बताए ।

कार्यक्रममा सानुभाइ कथासङ्ग्रहका लेखक कुमार काेइरालाले सानू भाइ शीर्षककाे कथा वाचन गरेका थिए । उदयपुरका प्रथम कथाकार शारदा प्रसाद भट्टराई, नेेपाली लेखक सङ्घ उदयपुरका अध्यक्ष बासुदेव पाेखरेल, उदयपुर साहित्य कला प्रतिष्ठानका महासचिव माधव पाेखरेल गाेज्याङ्ग्रे, रविन्द्र राजा शाही, कीर्ति बहादुर खड्का लगायतका स्रस्टाहरुले शुभकामना मन्तव्य दिएका थिए ।

साे कार्यक्रममा शारदा प्रसाद भट्टराई, रविन्द्र राजा शशनही र डा कैलाश राईले कथा सङ्ग्रहकाे सङ्क्षिप्त रुपमा समीक्षा गर्नु भएकाे थियाे ।

कार्यक्रम उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा कैलाश कुमार राईकाे अध्यक्षतामा र सचिव सरिता पाैडेल गुरागाईकाे संचालनमा र संयाेग काेइरालाकाे स्वागत मन्तव्यबाट शरु भएकाे थियाे ।

०००
माधव पाेखरेल गाेज्याङ्ग्रेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x