फित्काैली डटकमझरनाको ३२३ औँ साहित्यिक शृङ्खला सम्पन्न
झरना साहित्यिक परिवार मकवानपुरकी अध्यक्ष गायत्री रुपाखेतीज्यूको सभाध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक खेम विकको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

हेटाैडा, २०८२ माघ २३ । झरना साहित्यिक पारिवारको ३२३औं साहित्यिक शृङ्खला अन्तर्गत महेन्द्र मावि छतिवनमा कविता प्रशिक्षण कार्यक्रम समापन भएको छ ।
झरना साहित्यिक परिवार मकवानपुरकी अध्यक्ष गायत्री रुपाखेतीज्यूको सभाध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक खेम विकको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा झसापका पूर्व अध्यक्ष उद्धवप्रसाद सापकोटाको आतिथ्यता रहेको थियो ।
झरनाका सदस्य हरिप्रसाद घिमिरेले सञ्चालन तथा उपाध्यक्ष कृष्ण घतानीले स्वागत मन्तव्य राख्नु भएको उक्त कविता प्रशिक्षण कार्यक्रममा श्री महेन्द्र मावि श्री बुद्ध मावि श्री प्रभात मावि श्री जनक मावि श्री प्रभात मावि श्री माटोकोरी आवि गीतावर आवि र वाघभैरव आविसहित ८ वटा विद्यालयका गरी झण्डै १२० को हाराहारीमा विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको रहेको थियो ।
झन्डै ३ घण्टासम्म चलेको लोकलय सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई मन्त्रमुग्ध बनाई सहजीकरण प्रशिद्ध छन्दकवि पुरुषोत्तम आचार्यबाट भएको थियो भने झरनाका सदस्यहरु मन्जु दहाल र शिव बोलखेको सक्रिय सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम बकैया – ७ स्थित अधेरी स्थायी घर भई हाल वैदेशिक रोजगारीमा रहनु भएका समीर भुजेलको प्रायोजनमा सम्मन्न गरिएको थियो । यसै प्रशिक्षणको आधारमा आगमी फागुन ५ र ६ गते सञ्चालन हुने सातौँ “बकैया कला साहित्य महोत्सव २०८२” मा विद्यालय स्तरीय कविता प्रतियोगिता सञ्चालन गरिने जानकारी समेत गराइएको थियो ।
०००







































हार्दिक धन्यवाद !