साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य समाजकाे साधारण सभा र ११५औं शृङ्खला

प्रा. डा. शालिकराम कोइरालाको प्रमुख आतिथ्य तथा प्राचार्य मातृका कार्की एवं को विशिष्ट आतिथ्यमा सम्पन्न सो साधारण सभाले संस्थाकातर्फबाट प्रस्तुत आर्थिक तथा आगामी कार्यक्रम सहितका प्रस्तावहरू पारित ।

Nepal Telecom ad

मनोहरा साहित्य समाजको आजसम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गर्नुका साथै आगामी वर्षका लागि कार्यक्रमहरूको घोषणा गरेको छ ।

संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व, प्रा. डा. शालिकराम कोइरालाको प्रमुख आतिथ्य तथा प्राचार्य मातृका कार्की एवं को विशिष्ट आतिथ्यमा सम्पन्न सो साधारण सभाले संस्थाकातर्फबाट प्रस्तुत आर्थिक तथा आगामी कार्यक्रम सहितका प्रस्तावहरू पारित गर्नुका साथै डिल्लीराज अर्यालकै अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिका अन्य पदाधिकारी एवं सदस्यहरूमा डा. चिरञ्जीवी रेग्मी उपाध्यक्ष, भावकेशर बराल सचिव, सम्पत् काफ्ले कोषाध्यक्ष, सदस्यहरूमा खोलाघरे साहिंलो, केशव ज्ञवाली, सुमन पुडासैनी, अप्सरा पोखरेल, बुद्धि सागर पौड्याल, भावना न्यौपाने, सरिता तिमल्सिना हुनहुन्छ ।

निर्वाचन समितिका अध्यक्ष खोदनाथ चापागाईका अनुसार समिति चयन सर्वसम्मत रूपमा भएको हो । यसअघि खोदनाथ चापागाईको अध्यक्षतामा जसध्वज गुरुङ, छत्रभूषण दाहाल समेतको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो भने सभाले विभिन्न निर्णय गरेको थियो ।

साधारण सभा समापन गर्नासाथ नवनिर्वाचित अध्यक्ष डिल्लीराज अर्यालकै अध्यक्षतामा संस्थाको ११५ औं शृङ्खला प्रारम्भ भएको थियो । सचिव भावकेशर बरालले सञ्चालन गर्नुभएको सो कार्यक्रम डा. शैलेन्दु नेपालको अध्यक्षता, कविराज घिमिरे एवं आर सि. रिजालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको स्वागत मन्तव्य तथा रचनावाचनबाट शृङ्खला प्रारम्भ हुनासाथ देवमणि गुरागाईं सञ्जय सोती, दुर्गा घिमिरे, टीका मिलन सूर्यप्रसाद डुम्रे, भावन न्यौपाने, भुवन शिवाकोटी, अप्सरा पोखरेल अमर कीर्तिमानी, जसध्वज गुरुङ, केशव ज्ञवाली,रत्न विरही घिमिरे, सरिता घिमिरे, चिरञ्जीवी सिक्देल, सावित्री न्यौपाने, उषा वस्ताकोटी खनाल, सिकारू राम, ब्रह्मप्रिय प्रेमस्वरूप, एम. के पराशर, छविलाल अधिकारी, चेवन बस्नेत, चूडाप्रसाद चौलागाईं रामकुमार पण्डित, मकुन्दराज शिवाकोट, पदम दाहाल, प्रमुना पौडेल, सीता आस्था ढुङ्गेल, दीपक ओली, आल्फी फोहेन फाक्लुप्पा, एम पी पाण्डे, प्रिन्स प्रमोद, लीलाराज दाहाल, हेमन्त निरौला, सम्पत काफ्ले लगाय, भानायकत्व, पूर्व प्रशासक एवं वरिष्ठ स्रष्टा प्रतीक ढकालको प्रमुख आतिथ्यमाका स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो ।

त्यस्तै शीतल गिरी, कविराज घिमिरे, आर सी रिजालले शूभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अन्त्यमा प्रमुख अतिथि शैलेन्दु नेपालले साहित्य, खास गरी कविताका बारेमा चर्चा गर्दै संस्थाको उत्तरोत्त प्रगतिका कामन गर्नुभएपछि कार्यक्रम विसर्जन गरिएको थियो ।

कपिल अर्याल, कृष्णबहादुर खड्का, गोविन्द पोखरेल लगायतका करिब ३ दर्जन भन्दा बढी सभ्य श्रोता एवं सर्जकहरूको उपस्थितिले कार्यक्रम भव्य बनाएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x