साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोग र मान्छे

त्यो बाहेक अलिअलि जोरो के आउनुपर्छ तत्काल प्यारासिटामोल खाइहाल्नु पनि अनमोल जिन्दगी माथिको खेलवाड नै हो । हाच्छ्युँ आयो भन्दैमा डिकोल्ड खाइ हाल्नु पनि स्वास्थ्यमाथिको बेइमानी हो । अलअलि टाउको दुख्यो भनेर डाक्टर शरणागत हुनु पनि तुलसी बेसारप्रतिको घोर अपमान हो ।

Nepal Telecom ad

कमल भैरवेली :

रोग जीवनको अनिवार्य सत्य हो । रोग नलागी मर्न या त घाँटीमा पासो लाउनुपर्छ या त अन्य आकस्मिक दुर्घटनाको सिकार बन्नुपर्छ । रोगसँग नतर्सने मान्छे को होलान् र यो दुनियाँमा । तर डराएर के गर्नु कुनै न कुनै बहानाले रोगले धर्नो टेकेरै छोड्छ, पाता कसेरै छोड्छ । अथाह पीडाको गर्तमा पारेरै छोड्छ । मृत्युभन्दा रोग भयानक छ । कतिपयले त रोगबाट उन्मुक्ति पाउन मृत्युको बाटो रोज्छन् । मलाई पनि मृत्यु भन्दा अधिक रोगको शिकार पो भइन्छ कि भन्ने डर लाग्छ । रोग लागेपछि या त बिछ्यौनाको बास या त अस्पतालको । रोगीलाई उचित हेरविचार, स्याहारसुसारको खाँचो पर्छ । त्यो यथेष्ट पाउन असम्भव प्रायः छ आजका दिनहरूमा । छोरो टिल्ल, बुहारी ठुस्स । पारा यस्तै छ ।

आजको व्यस्त समयमा कतिपय रोगीहरू समयमा उचित हेर विचार नपाएर समय अगावै मरेका छन । बाँच्ने इच्छा कसलाई पो हुन्न तर यमराजको शरणागति अप्रिय बाध्यता बनेको छ । रोगबाट बच्न अलि सजकता अपनाउने मान्छेले के गर्दैनन् ! कठ्याङ्ग्रिँदो जाडोमा पनि मर्निङवाक, समय समयमा स्वास्थ्य परीक्षण, नियमित योगाभ्यास, चिल्लो पीरो मसालेदार खानामा सतर्कता । समयमा भोजन, फलफूल, सलादको अधिक प्रयोग, फ्याटलेस दुधको सेवन, समयमा सुत्ने, उठने आदि इत्यादि । यति गर्दागर्दै पनि ढिलो छाडो रोगले त गाँजी हाल्छ । यसका कारणहरू अवश्य होलान् ।

तर अधिकांशको जीवनशैली भने हास्यव्यङ्ग्य लेख्न लायकको हुन्छ । रातिसम्म धोक्नु धोकेर बिहान मर्निङ्ग वाक गर्नु, सुर्ती माड्दै मर्निङ्गवाक, रक्सी पिउदै स्वास्थ्य सम्बन्धी प्रवचन, खानेबित्तिकै सुतिहाल्ने, पानीबिना खाना खानै नसक्ने, राती सुत्ने बेला दबाएर, कोचेर ठसठसी कन्दै खाना खाने, भोज, पार्टीमा राखिएका सबै परिकार प्लेट्मा झोक्नै पर्ने, पेट भरिएपछि पनि मिष्ठान्न पेटमा छिराउनै पर्ने । हाय पैसा ! हाय पैसा भन्दै आफ्नै ज्यानको दोहोलो काढ्नेहरूलाई पनि प्रसस्त देखेको छु । समयमा नखानु, अधिक मानसिक र शारीरिक प्रेसर झेल्नु, खानै बिर्सनु, चिया कफिको अधिक सेवन, ड्रिङ्क्सको तत्कालीन मज्जाले पनि रोगकै पुजा गरेको छर्लङ्ग हुन्छ ।

त्यो बाहेक अलिअलि जोरो के आउनुपर्छ तत्काल प्यारासिटामोल खाइहाल्नु पनि अनमोल जिन्दगी माथिको खेलवाड नै हो । हाच्छ्युँ आयो भन्दैमा डिकोल्ड खाइ हाल्नु पनि स्वास्थ्यमाथिको बेइमानी हो । अलअलि टाउको दुख्यो भनेर डाक्टर शरणागत हुनु पनि तुलसी बेसारप्रतिको घोर अपमान हो ।

खानेबेलामा पाचन यन्त्रको क्षमतामाथि विचार नगर्नु अनि पेट ढुस्स भयो भनेर सबैको बीचमा ठुस्स अपनवायु छोड्नु त झन् निषेधित क्षेत्र उलङ्घन गर्नु जस्तै हो । कर्फ्यु तोड्नु जस्तै हो अझ भन्नुपर्दा तिरस्कृत जीवनको अभ्यास गर्नु जस्तै हो ।

आज हत्तपत्ति रोग लाग्नै नदिने टिप्स दिने जमर्को गर्दैछु । तर यो अर्ती भने होइन है । सजकताको मार्गमात्र देखाउने प्रयास गरेको हूँ । केही महत्वपूर्ण कुरा त माथि सङ्केत गरिसकेको छु । तथापि रोगै लाग्न नदिन यी तल उल्लेखित कुराहरू मनन गर्नु भयो भने राम्रै हुन्छ
१. बिहे पार्टीमा सामेल हुनुस् तर मनलाई अनिवार्य लगाम लगाउनुस् ।
२. ड्रिङ्क्स गर्नुस् फुटबल खेलाडीको रफ्तारमा होइन चेस खेलाडिको गतिमा । तर दैनिक होइन यदाकदा मात्र ।
३. होटेल रेस्टुरेन्टमा भोजन गर्नुस् तर बाध्यात्मक परिस्थितिमा मात्र ।
४. पैसावाला साथिसङ्ग दुरी बनाएर बस्नुस् किनकी सुरुमा तपाईलाई खुवाउछ पछि तपाइको खान्छ ।के के खान्छ तपाइँलाई नै थाहा होला ।
५. जीवनमा ९०% घरमा पकाएको खाने गर्नुस् ।
६. सामान्य योगाभ्यास, सामान्य प्रात भ्रमण गर्नुस, नृत्य गर्नुस् । गीत गाउनुस्, हास्नुस रमाइलो गर्नुस् ।
६ आज जति मुडअफ हुन्छ नि भोली त्यो कदापि हुँदैन । त्यसैले आजको मुडअफको बहानामा चुरोट रक्सी नपिउनुस् । आदत बन्न सक्छ ।
७. हिँडाइ र बसाई र काम गराईका तौर तरिकामा परिवर्तन ल्याउनुस् । झुकेर, डल्लो परेर वा गुडुल्किएर काम नगर्नुस् ।
८. सासको एकरूपतामा ध्यान दिनुस् ।
९. शरीरलाई आवश्यक पर्ने सन्तुलित भोजन मात्र होइन मनलाई सन्तुष्टि दिने ज्ञानबर्धक पुस्तक पढ्नुस् ।
१०. आत्मारूपी ब्याट्री चार्ज गर्न परमात्म स्मरण गर्नुस्, न्यास ध्यान गर्नुस् ।
११. शारीरिक तथा मानसिक शुद्धीकरणमा ध्यान दिनुस् ।
१२. निरामिष (मासुजन्य) परिकार कम सेवन गर्नुहोस् ।
१३. झोलयुक्त खानेकुरा र पानी प्रसस्त पिउनुहोस् ।

यत्ति मात्र गर्नु भो भने पनि तपाइको ज्यान सदा चङ्गा रहन्छ फुर्तिलो रहन्छ भन्ने लाग्छ । हुन त यी कुरा हामी सबैलाई थाहा त हुन्छ तर मुख्य समस्या होसको कमी हो ।यही होस दिलाएको मात्र हुँ । धेरै बुद्धिजिवी मान्छेले होस् गुमाएको देखेको छु मैले । त्यस्ता होस् गुमाउने मान्छेमा कतै तपाईं हामी त पर्दैनौं ।त्यही सजकता अपनाउन आग्रह गरेको हुँ । अवश्य जीवनमा लागु गर्नु हुने कुरामा ढुक्क छु ।

०००
भैरहवा
२०८०/०६/१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x