साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रातो र चन्द्रसूर्यको लयमा

स्याल थिएँ कुनैबेला, ख्याल ख्यालमा बाघ बनेँ अब विरोधिलाई जाक्ने ,ठूला खाल्टा म खनेँ ताकेर मट्याङ्राले ती आँखा फुटाई दिउँला मुङ्राले थाङ्ग्रोजस्तै, राम धुलाई गरिदिउँला ।

Nepal Telecom ad

कमल भैरवेली :

तातो र रातो अण्डा मेरै भागमा परोस्
घुटुक्क थुक निल्ने विरोधीको आँसु झरोस् ।

र्‍याल काढोस् मतलब छैन, थुक निलोस् मतलब छैन
आफ्नै औला टोकेर चुसोस् केही मतलब छैन
जबसम्म भूँडी यो मेरो, उक्सेर डम्म हुन्न
तबसम्म भोगको सत्ता, कत्ति हलचल हुन्न ।

टर्रो र तितो खाली, तेरै भागमा परोस्
मेवा मिष्ठानले सधै, यो घ्याम्पे भूँडी भरोस् ।

स्याल थिएँ कुनैबेला, ख्याल ख्यालमा बाघ बनेँ
अब विरोधिलाई जाक्ने ,ठूला खाल्टा म खनेँ
ताकेर मट्याङ्राले ती आँखा फुटाई दिउँला
मुङ्राले थाङ्ग्रोजस्तै, राम धुलाई गरिदिउँला ।

झोल जति तेरो भागमा, चौटा मलाई परोस्
दुनियाँले मेरो सधै, जयजयकार गरोस् ।

०००
भैरहवा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरिबोधनी व्रत

हरिबोधनी व्रत

कमल भैरवेली
रोग र मान्छे

रोग र मान्छे

कमल भैरवेली
ओभरलोड

ओभरलोड

कमल भैरवेली
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x