
रातो र चन्द्रसूर्यको लयमा
स्याल थिएँ कुनैबेला, ख्याल ख्यालमा बाघ बनेँ अब विरोधिलाई जाक्ने ,ठूला खाल्टा म खनेँ ताकेर मट्याङ्राले ती आँखा फुटाई दिउँला मुङ्राले थाङ्ग्रोजस्तै, राम धुलाई गरिदिउँला ।

कमल भैरवेली :
तातो र रातो अण्डा मेरै भागमा परोस्
घुटुक्क थुक निल्ने विरोधीको आँसु झरोस् ।
र्याल काढोस् मतलब छैन, थुक निलोस् मतलब छैन
आफ्नै औला टोकेर चुसोस् केही मतलब छैन
जबसम्म भूँडी यो मेरो, उक्सेर डम्म हुन्न
तबसम्म भोगको सत्ता, कत्ति हलचल हुन्न ।
टर्रो र तितो खाली, तेरै भागमा परोस्
मेवा मिष्ठानले सधै, यो घ्याम्पे भूँडी भरोस् ।
स्याल थिएँ कुनैबेला, ख्याल ख्यालमा बाघ बनेँ
अब विरोधिलाई जाक्ने ,ठूला खाल्टा म खनेँ
ताकेर मट्याङ्राले ती आँखा फुटाई दिउँला
मुङ्राले थाङ्ग्रोजस्तै, राम धुलाई गरिदिउँला ।
झोल जति तेरो भागमा, चौटा मलाई परोस्
दुनियाँले मेरो सधै, जयजयकार गरोस् ।
०००
भैरहवा ।