फित्काैली डटकमघुम्ती कविगोष्ठी नेपालको १३० औँ गोष्ठी
गोकर्णेश्वर लाइट एकेडेमी, माकलबारीमा भएको यो कार्यक्रममा गोकर्णेश्वर लाइट एकेडेमीका प्राचार्य सौर्यनाथ आचार्यको सभापतित्वमा सञ्चालन भएको थियो ।

काठमाडौं, ०८० असोज १३ । घुम्ती कविगोष्ठी नेपालको १३० औँ कविगोष्ठी सम्पन्न भएको छ । गोकर्णेश्वर लाइट एकेडेमी, माकलबारीमा भएको यो कार्यक्रममा गोकर्णेश्वर लाइट एकेडेमीका प्राचार्य सौर्यनाथ आचार्यको सभापतित्वमा सञ्चालन भएको थियो ।
यस कार्यक्रमका प्रमुख अतिथि अभिनव साहित्य समाजका अध्यक्ष वरिष्ठ साहित्यकार गोविन्द घिमिरे ‘वेदमणि’ हुनुहुन्थ्यो भने अतिथिहरूमा सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’, गोकर्णेश्वर लाइट एकेडेमी विद्यालय व्यवस्थापन सामितिका अध्यक्ष झम्कनाथ पराजुली, अच्युत पौडेल चिन्तन हुनुहुन्थ्यो ।
घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठको स्वागत मन्तव्यसहित कविता वाचनबाट सुरु भएको यो कार्यक्रम बिहान आठ बजेदेखि सञ्चालन भएको थियो । कार्यक्रममा प्रमुख अतिथिले वाचित कविताहरूको समीक्षाका साथै आफ्नो रचना वाचन गर्नुभएको थियो । अतिथि झम्कनाथ पराजुलीले शुभकामना दिनुभएको थियो ।
कविगोष्ठीको अन्त्यमा सभापति सौर्यनाथ आचार्यले यस्ता कार्यक्रमहरू फेरिफेरि पनि आयोजना गर्न पाऊँ भन्दै साहित्यकार र साहित्यको कदर सबैतिरबाट हुनुपर्छ भन्नुभएको थियो ।
त्यसै गरी यस कार्यक्रममा दुर्गा अधिकारी भमरकोटे, अच्युत पौडेल चिन्तन, परशुराम पराशर, रामचन्द्र दाहाल, त्रिलोचन आचार्य, राजेशमान केसी, राजन पुडासैनी, घनश्याम प्रसाईँ, साधुराम नेपाल, लक्ष्मण तिमल्सिना, देवीप्रसाद चापागाईं, पवन सङ्ग्रौला, मोहन कार्की, सुशील आचार्य, तोयनाथ तिवारी, बिपी इलामे र सुरेश निरौलाले रचना वाचन गर्नुभएको थियो ।
घुम्ती कविगोष्ठीका उपाध्यक्ष त्रिलोचन आचार्यले सबैलाई धन्यवाद दिनुभएको यस कार्यक्रमलाई परशुराम पराशरले सञ्चालन गर्नुभएको थियो ।
०००
– परशुराम पराजुलीद्वारा प्रेषित
Subscribe
Login
0 Comments
Oldest







































