साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली काव्य (शृङ्खला- ३१)

हाम्रै खातिरमा दिइन् प्रकृतिले यस्ता अनेकौँ बुटी । आफैँ सञ्चय गर्न थाल्नुछ यता पाका युवाले जुटी ॥ नागी पर्वत ओसिला चउरले माग्छन् युवाको भर । आमा जन्मदिने र जन्म धरणी सम्झेर आऊ घर ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र  :

शिक्षा आर्थिक खोजमा पर गयौ कस्तो छ चल्दै पला ?।
पार्‍यौ पूर्ण घडा अवश्य भतिजा साधेर राम्रो कला ॥
भारी नित्य बिसाउँदै छु दिलका मानेर तिम्रो भर ।
आमा जन्मदिने र जन्म धरणी सम्झेर आऊ घर ॥१५७॥

बन्छन् सक्षम राष्ट्रचालक यता बाल्छन् धरामा दियो ।
भन्ने आस थियो मिलेन नतिजा आस्था गलेझैँ भयो ॥
साथैका, जल वृक्षको मुलुकको गुम्दै गयो आदर ।
आमा जन्मदिने र जन्म धरणी सम्झेरआऊ घर ॥१५८॥

पाखामा भिरमा ठुला चउरमा छन् रत्न संरक्षण ।
हुन्छन् औषध यत्नले गर यतै सम्पूणर् अन्वेषण
त्यो विज्ञान कला त्यतै दिनपला अर्पेर के हुन्छ र ?
आमा जन्मदिने र जन्म धरणी सम्झेर आऊ घर ॥१५९॥

खोज्दा पाखनबेत अक्कर भरी छन् आडमा हड्चुर ॥
हर्रो या अमला प्रशस्त वनमा बर्रो पखेरा भर ॥
मिल्छन् औषध छैन सञ्चित यता ज्ञानी युवा छौ पर ।
ल्याऊँ यी उपभोगमा अब छिटो फर्केर आऊ घर ॥१६०॥

कुड्की या बिखमा, हिमालय भरी छन् पाँच औँले बुटी ।
त्यस्तै नै ढकमक्क झन् पदमचाल् जम्मा गरौँला जुटी ॥
यार्चागुम्बु चिराइतो वन भरी छन् सम्पदा सुन्दर ।
ल्याऊँ यी उपभोगमा अब छिटो फर्केर आऊ घर ॥१६१॥

भेटिन्छन् अझ राजवृक्ष कुरिलो पिप्ला र गुर्जो अनि ।
बोझो झन् तुलसी विशेष अदुवा त्यो दालचीनी पनि ॥
आफ्नै जाँगरले प्रशोदित गरे जीवन्तिका छन् भर ।
आमा जन्मदिने र जन्म धरणी सम्झेर आऊ घर ॥१६२॥

हाम्रै खातिरमा दिइन् प्रकृतिले यस्ता अनेकौँ बुटी ।
आफैँ सञ्चय गर्न थाल्नुछ यता पाका युवाले जुटी ॥
नागी पर्वत ओसिला चउरले माग्छन् युवाको भर ।
आमा जन्मदिने र जन्म धरणी सम्झेर आऊ घर ॥१६३॥

सम्झन्छन् जहिल्यै-गुराँस वनले त्यस्तै बुकीफूलले ।
उम्दा ताल नदी समस्त झरना धारा कुला मूलले ॥
सिम्ले खेत रुँदै छ झन् विरहमा माग्दै युवाको भर ।
आमा जन्मदिने र जन्म धरणी सम्झेर आऊ घर ॥१६४॥

(क्रमशः)

०००

२०८०/६/११,

हाल : काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x