साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसा सापटी खोज्न हिंडियो

हुन्छ साँझसम्म म जसरी पनि तपाईंलाइ काम चलाइदिन्छु भन्न कर लाग्यो । अनि म हिँडें पैसो सापटी खोज्न । बरू कति सापटी खोज्ने होला हिसाब गर्दैछु ।

Nepal Telecom ad

कमल भैरवेली  :

तीज आयो साडी ब्लाउज किन्न पैसा देउ बुढा । बुढी माग र डिमान्ड एकैचोटी गर्छे । म तिर्मिराउँछु, किनकि सर्ट पाइन्ट र जुत्ता किन्ने बारेमा सोच्दै थिएँ । ग्याँस ठ्यास गरिरहेको चाल पाउँदै थिएँ । साहुको उर्दिको डेडलाइन म्यादको बारेमा सोच्दै थिएँ । चामलको बोरा टक्टक्याएको पनि आजै हो । यातायात कार्यालयमा केही दिन अघि नै गइसक्नु पर्थ्यो । बिजुली अफिसले अघिल्लो महिनाको जरिवाना ठोक्दै होला यस्तै अरुअरु पिरलोको भारी दिमागमा नाच्दै थियो ।

बुढीलाई तीजमा एउटा जाबो साडी र ब्लाउज पनि कति नकिन्दिनु । किनिदिएँ भने पनि मैले अझै केही समय खुइलेको र दाग लागेको सर्ट वा पाइन्ट लगाएर हिँड्नु पर्नेछ । जुत्ता च्यातिएर दुई तीन पटक सिलाएर काम चलाएको हो । फेरी च्यातिएको छ । यो अवस्थामा कसले सरसापटी पत्याउला । म टिपटप बन्ने बित्तिकै अरु समस्या स्वत: समाधान हुने फर्मुला अविष्कार गर्दै थिएँ । बुढीले धर्नो टेकी । अहँ, मलाई त यो पाली तीजमा चाहिन्छ चाहिन्छ ।पोहर पनि त्यसै टारेका हौ ।

मलाई पनि यो पाली अलि टिपटप नबनी भएको छैन ।बुढीलाई किनिदिए पछि आफूले लगाउने लुगाफाटो किन्नलाई खुलिएको सर्ट भिरेर सापटी माग्न के जानु ।सापटी मागे पनि हेन्सम भएर माग्दा छुट्टै शान हुन्छ भन्ने मेरो दरिलो निष्कर्ष हो ।

बुढी कडै छे तर थोरैमा पनि चित्त बुझाउने खालकी छे । ऊ दुखी भएको हेर्न पटक्कै चाहन्नँ । ऊ दुःखी भइ भने म कर्कलो झैं फत्याकफुतुक हुन्छु । मर्दपन डगमगाउन थाल्छ । जसरी पनि उसको ईच्छा पुरा गर्छु र आफ्नो पनि आवश्यकता टार्छु भन्ने अडानमा छु ।

त्यसो त कामै नगरी बस्ने बेरोजगारी होइन । सानो व्यवसाय छ अलि अनियमित खालको । त्यसैले निर्धक्क खर्च गर्न डराउँछु । कहिले आम्दानी मनग्गे हुँदा किताब प्रकाशन गर्छु र थप ऋणको मारमा पर्छु, कहिले बाइकको एक्स्चेन्ज अफरको चपेटामा पर्छु र किस्ताको भूँमरीमा फस्छु । कहिले अलि आम्दानी ज्यादा हुँदा किनेका वासिङ मेसिन, गिजर र अन्य इलोक्ट्रोनिक सामान बिग्रन्छन् र मर्मत सम्भारमा ठूलो खर्च गर्ने परिस्थितिको जाँतोमा पिसिन्छु ।सामाजिक जीवनमा आइपर्ने अनेक खर्चका बाध्यताहरू त छँदैछन् ।

यस्तो अवस्थामा बुढीको सानो फर्माइस र मेरो आफ्नै निजी चाहना यतिबेला सानोसानो पहाड भएर उभिएको छ । ठूलै समस्या नपर्दै अरूसँग हात नपसार्ने मेरो स्वभाव नै हो त्यसैले साना समस्याले पनि कहिलेकाहीँ बिचलित पार्छन् मलाई । दैनिक घरायसीका सामान त पसलमा उधारो पाउन सकिन्छ बिना हिच्किचाहट । तर कपडा किन्न त्यो पनि अति आवश्यक परेको बेलामा गोजोमा पैसा भएन भने अलि खिन्नता हुँदो रहेछ । यो अनुभव काम लाग्दो रहेछ त यस्तै गन्थन लेख्नका निम्ति ।

पैसा सापटी खोज्नै पर्ने बाध्यताको निचोडमा के पुग्दै थिएँ । एउटा सम्भावित सापटीकर्ताले फोन गरेर उल्टै पैसा सापटी पो माग्छ बा ! सधैं काम चलाइदिने व्यक्तिले आज सापटी माग्दैछ । यस्तो बेला उसलाई दिन पाए भविष्यमा झन ऊ कति काम लाग्दो हो ।छैन भन्न सकिनँ । हुन्छ साँझसम्म म जसरी पनि तपाईंलाइ काम चलाइदिन्छु भन्न कर लाग्यो । अनि म हिँडें पैसो सापटी खोज्न । बरू कति सापटी खोज्ने होला हिसाब गर्दैछु ।

०००
भैरहवा
२०८०/०५/१७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हरिबोधनी व्रत

हरिबोधनी व्रत

कमल भैरवेली
रोग र मान्छे

रोग र मान्छे

कमल भैरवेली
ओभरलोड

ओभरलोड

कमल भैरवेली
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x