साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता

थरीथरी स्वर निकाल्दै शङ्ख फुक्छ अनेकौ टापि मन्त्रले हल्लिँदै घण्टी बजाउँछ जानाजानी हेर्दाहेर्दै जोगी बन्छ चरम नाङ्गो बनी खरानी घस्छ अलाप गर्दै मुखभरि टुनामुना टुक्का बुन्छ गुट, झुट, लुट र बुट बजार्दै समृद्ध खोक्दै विकास भन्छ

Nepal Telecom ad

भीम गौतम :

ऊ गफैगफ उरेल्छ
टुक्का हालेर मस्त
हुक्का पिउनेको जस्तो ठट्टा गर्छ
जादु देखाउने झुटा छट्टु जस्तो
बेतालले मादल ठोक्छ खरी नभएको
ऊ नेता
मेरो गाउँदेखि शहरसम्मको ।

संस्कार सम्मान बुझ्दैन
तिरस्कार, घृणा र ठगी किर्तेमा
हिटलर नाँघेर बाजे बन्छ
शिर, शरिरैभरि लिखा जुम्रा बोकेर
पानीनै नभएको बगरमा पुग्छ
सुख्खा बगरमा
भ्रमपूणर् खेती गर्न,
खेताला खोज्दै
निधारैभरि खरानी घस्छ
हो, ऊ नेता
मेरो गाउँदेखि शहरसम्मको ।

थरीथरी स्वर निकाल्दै शङ्ख फुक्छ
अनेकौ टापि मन्त्रले हल्लिँदै घण्टी बजाउँछ
जानाजानी हेर्दाहेर्दै जोगी बन्छ
चरम नाङ्गो बनी खरानी घस्छ
अलाप गर्दै मुखभरि
टुनामुना टुक्का बुन्छ
गुट, झुट, लुट र बुट बजार्दै
समृद्ध खोक्दै विकास भन्छ
ऊ गफै उरेल्छ
हुक्का पिउनेको जस्तो ठट्टा गर्छ
ऊ नेता
मेरो गाउँदेखि शहरसम्मको ।

०००
भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
आमा

आमा

भीम गाैतम
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x