साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रा

दलका थप ताण्डव गाईजात्रा भन्दा सयौं गुणा हास्यपरक र व्यङ्ग्य परक भएकाले वास्तविक चरित्रलाई छाडेर कार्यक्रममा को किन कलाकारलाई हेर्न आउनु र ...!

Nepal Telecom ad

चूडा निर्भीक :

गाईजात्राको अवसर पारेर गाईजात्रा कार्यक्रम राख्ने निधो एक महिना अगाडि नै हास्यव्यङ्ग्य साहित्य समाजले निर्णय गरेको थियो । कार्यक्रमका लागि टिकट छापियो । विज्ञापन गरियो । विभिन्न काउन्टर राखेर टिकट बिक्री कक्ष राखियो ।

जति प्रचार प्रसार गरे पनि टिकट बिक्री भएन ।
कार्यक्रम सञ्चालन गरिने दिन हल रित्तो देखियो । कार्यक्रम प्रस्तोता समाजका पदाधिकारीहरू र केही नगन्य पाहुनाका साथ कार्यक्रम समापन गरियो ।

कार्यक्रमका दौरानमा कुनै दर्शक दीर्घाका मानिसहरू हाँसेनन् । ताली ठोकेनन् र रमाएनन् ।
कार्यक्रम समापन पश्चात मूल्याङ्कन कार्यक्रम राखियो । कार्यक्रमका विषयवस्तु र प्रस्तुति गत सालका भन्दा उत्कृष्ट र हास्यव्यङ्ग्यपरक भएको ठहर गरियो । साथै एउटा भिन्न तर सबैले महसुस गरिएको रहस्यको पनि रहस्योद्घाटन गरियो ।

सत्ता पक्ष र प्रतिपक्षको जुहारी, विभिन्न समयका फाईल खोल्ने र कारवाही गर्ने सिलसिलामा काम लाए, अह्राएकालाई फसाएर दलका नेता आभा नै रहेका समाचार, संसद गतिविधि र दलका थप ताण्डव गाईजात्रा भन्दा सयौं गुणा हास्यपरक र व्यङ्ग्य परक भएकाले वास्तविक चरित्रलाई छाडेर कार्यक्रममा को किन कलाकारलाई हेर्न आउनु र …!

०००

चन्द्रागिरी, काठमाडौं ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x