साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धिक्कार छौ नायक

आमाकै जब रक्त चुस्न कसिए छोरा र छोरीहरू । के ठान्छिन् जननी रुँदै दमित भै फाल्छिन् सबै आबरु ॥ मन्त्री सांसद हो गर्‍यौ कुन कुरा राम्रा तथा लायक । ठान्दैछौ कसरी मियो भन तिमी धिक्कार छौ नायक ॥

Nepal Telecom ad

चूडा निर्भीक :

बेचिन्छन् जनता उतातिर सधैँ मारिन्छ काटिन्छ रे ।
दुख्छन् ती जननी र बाबु जहिल्यै सम्झेर छोरा हरे ॥
भेटिन्नन् जब रोजगार सहजै खाडी विचार्छन् तर ।
तन्नेरी वय सिद्धिदैछ यसरी कल्ले दया गर्छ र ??

के हामी अभिशाप हौँ मुलुकका भन्दै गए लस्कर ।
गर्छन् मोज यहीँ मुसुण्ड ननिका गुण्डा तथा तस्कर ॥
लागेका परदेशतर्फ जति छन् बाँच्छन् उतै दुःखले ।
केही देह समाप्त हुन्छ पर नै सास्ती र संकष्टले ॥

विक्री मानिस गर्दछन् पद लिने आक्रान्त साधारण ।
रेटिन्छन् गतिला युवा मुलुकका हाम्रा विना कारण ॥
पार्ने क्लान्त र प्रान्त प्रान्त मतिका नेता हुँदा कारक ।
बिग्रेको छ सुयोग्य भूमि जहिल्यै छन् तुच्छ सञ्चालक ॥

आमाकै जब रक्त चुस्न कसिए छोरा र छोरीहरू ।
के ठान्छिन् जननी रुँदै दमित भै फाल्छिन् सबै आबरु ॥
मन्त्री सांसद हो गर्‍यौ कुन कुरा राम्रा तथा लायक ।
ठान्दैछौ कसरी मियो भन तिमी धिक्कार छौ नायक ॥

बेच्ने कार्य तुरुन्त बन्द गरियोस् आक्रान्त कोही नहोस् ।
गर्ने काम बुझाइदे युवकको यो देश भित्रै रहोस् ॥
फल्नेछन् जब कर्म यो मुलुकमा बन्नेछ माटो उँचो ।
गर्दैनौ शुभलो स्वदेश हितको फालिन्छ खोजी कुचो ॥

०००
सिम्पानी गोरखा
हालः चन्द्रागिरि, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेपाल भो चौपट

नेपाल भो चौपट

चूडा निर्भीक
भकुण्डो बनाए

भकुण्डो बनाए

चूडा निर्भीक
आएछ यहाँ चाड तिहार

आएछ यहाँ चाड तिहार

चूडा निर्भीक
विभेद

विभेद

चूडा निर्भीक
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x