साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुक दिवस

त्यसपछि थुकिहिँड्ने मान्छेको नाक कान खोज्यो, अप्रेसन गरेर जोडिदिउँ भन्यो, भेदिँदैनथ्यो । बरू गल्लीमा थुकहरू जमेर दिवस मनाएको देखिन्थ्यो । थुक दिवसको सलामीबापत अमिलो थियो, मन ।

Nepal Telecom ad

डा. विदुर चालिसे :

थुकुवाहरूको कुनै राष्ट्रिय पर्व त हुँदैन तर पनि बहस गर्न प्रयत्न गर्दथे ।

-‘अराष्ट्रिय !”

– के सन्की कुरा गर्छ, यो पाखे !

मन हरेको, मान हारेको अनि सम्मानहरूको प्यासले तृषालु बनेको मान्छे सालिकलाई पाखे एवं अराष्ट्रिय बनेर हेरिरहन्थ्यो । आँखामा पट्टि र मनमा कुण्ठा पालेको त्यो मान्छेमा खै ? किन हो, कसको रिस थियो ? उसलाई सालिकको सौम्यपन त्यसैत्यसै ननिको लाग्दथ्यो । रिसले चूर भएर आगो हुन्थ्यो ।

-तँ होस् आक्रमणकारी ! लौ खा ! तेरो काट्टो !’

सालिकलाई काट्टो खुवाउन सक्ने बहादुर मानिस देखेर सडकका मानिसहरू बोल्दैनथे । बरू मनमनै पेट मिचिमिची हाँसिरहन्थे । उसलाई बाटोमा कुनै सालिक देख्यो कि औडाहा लागेर बोलिहाल्थ्यो ।

– ज्यान माराका नाइके, विस्तारवादी खस, थुक्क तेरो बुद्धि ! थुक चाटिरहन्थ्यो । थुकिरहन्थ्यो । चाटिरहन्थ्यो फेरि थुकिरहन्थ्यो । तर एकदिन घटनालाई बुझाउन ऊ आफ्नो समाजमा गएर सालिकको बारेमा तथानाम गाली गर्न लाग्यो । जब सबैले पहिला अबुझ भएर उसलाई साथ दिए, तब एउटा प्रस्ताव राख्ने विचार गरेर भन्यो ।

-हामी रैती भएकाले त्यो पापीको नाममा थुक दिवस मनाउँ र वर्षैपिच्छे त्यसलाई थुकौं ! हुन्छ ! भन्ने सहमति सबैको थिएन तर पनि हेराहेर गरेर बसेकाले सहमति

थुक दिवस

थुकुवाहरूको कुनै राष्ट्रिय पर्व त हुँदैन तर पनि बहस गर्न प्रयत्न गर्दथे ।

-‘अराष्ट्रिय !”

– के सन्की कुरा गर्छ, यो पाखे !

मन हरेको, मान हारेको अनि सम्मानहरूको प्यासले तृषालु बनेको मान्छे सालिकलाई पाखे एवं अराष्ट्रिय बनेर हेरिरहन्थ्यो । आँखामा पट्टि र मनमा कुण्ठा पालेको त्यो मान्छेमा खै ? किन हो, कसको रिस थियो ? उसलाई सालिकको सौम्यपन त्यसैत्यसै ननिको लाग्दथ्यो । रिसले चूर भएर आगो हुन्थ्यो ।

-तँ होस् आक्रमणकारी ! लौ खा! तेरो काट्टो !’

सालिकलाई काट्टो खुवाउन सक्ने बहादुर मानिस देखेर सडकका मानिसहरू बोल्दैनथे । बरू मनमनै पेट मिचिमिची हाँसिरहन्थे । उसलाई बाटोमा कुनै सालिक देख्यो कि औडाहा लागेर बोलिहाल्थ्यो ।

– ज्यान माराका नाइके, विस्तारवादी खस, थुक्क तेरो बुद्धि ! थुक चाटिरहन्थ्यो । थुकिरहन्थ्यो । चाटिरहन्थ्यो फेरि थुकिरहन्थ्यो । तर एकदिन घटनालाई बुझाउन ऊ आफ्नो समाजमा गएर सालिकको बारेमा तथानाम गाली गर्न लाग्यो । जब सबैले पहिला अबुझ भएर उसलाई साथ दिए, तब एउटा प्रस्ताव राख्ने विचार गरेर भन्यो ।

-हामी रैती भएकाले त्यो पापीको नाममा थुक दिवस मनाउँ र वर्षैपिच्छे त्यसलाई थुकौं ! हुन्छ ! भन्ने सहमति सबैको थिएन तर पनि हेराहेर गरेर बसेकाले सहमति जस्तो जुट्यो । पछि उसले आफै थुक दिवसको घोषणा गर्याे । थुक दिवसको पहिलो दिन जुरेथ्यो एकीकरण अभियान सन्दर्भमा ।

-हामीले तिम्रो राज्यलाई झुकाउन कहिल्यै सकेनौं बरू झुकेथ्यो, हाम्रै साम्राज्य ।’

एक खैरेले इतिहास यसरी पढेर सुनाइरहेको थियो कि तब त्यस मान्छेले फ्याट्टै भनिहाल्यो ।
-थुकेर म झुकाउँछु खुइलिएको यो साम्राज्यलाई, तर झुकाएबापत के ? -पाउँछौ नि पाउँछौ इनाम !’

थुक दिवसपछि उल्लू बनिने कुरा अरूले बुझेपछि तिनले हात झिके । त्यो मान्छेलाई जसले भेट्दथे, भन्न थाले ।
-थुक दिवस कहिले पर्छ ?
-थुक सुक्दा !
– अनि यसको निमन ?
-नाक कान घाँटी अप्रेसनको बेला !
– थुइक्क !”

त्यसपछि थुकिहिँड्ने मान्छेको नाक कान खोज्यो, अप्रेसन गरेर जोडिदिउँ भन्यो, भेदिँदैनथ्यो । बरू गल्लीमा थुकहरू जमेर दिवस मनाएको देखिन्थ्यो । थुक दिवसको सलामीबापत अमिलो थियो, मन ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x