साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुक दिवस

त्यसपछि थुकिहिँड्ने मान्छेको नाक कान खोज्यो, अप्रेसन गरेर जोडिदिउँ भन्यो, भेदिँदैनथ्यो । बरू गल्लीमा थुकहरू जमेर दिवस मनाएको देखिन्थ्यो । थुक दिवसको सलामीबापत अमिलो थियो, मन ।

Nepal Telecom ad

डा. विदुर चालिसे :

थुकुवाहरूको कुनै राष्ट्रिय पर्व त हुँदैन तर पनि बहस गर्न प्रयत्न गर्दथे ।

-‘अराष्ट्रिय !”

– के सन्की कुरा गर्छ, यो पाखे !

मन हरेको, मान हारेको अनि सम्मानहरूको प्यासले तृषालु बनेको मान्छे सालिकलाई पाखे एवं अराष्ट्रिय बनेर हेरिरहन्थ्यो । आँखामा पट्टि र मनमा कुण्ठा पालेको त्यो मान्छेमा खै ? किन हो, कसको रिस थियो ? उसलाई सालिकको सौम्यपन त्यसैत्यसै ननिको लाग्दथ्यो । रिसले चूर भएर आगो हुन्थ्यो ।

-तँ होस् आक्रमणकारी ! लौ खा ! तेरो काट्टो !’

सालिकलाई काट्टो खुवाउन सक्ने बहादुर मानिस देखेर सडकका मानिसहरू बोल्दैनथे । बरू मनमनै पेट मिचिमिची हाँसिरहन्थे । उसलाई बाटोमा कुनै सालिक देख्यो कि औडाहा लागेर बोलिहाल्थ्यो ।

– ज्यान माराका नाइके, विस्तारवादी खस, थुक्क तेरो बुद्धि ! थुक चाटिरहन्थ्यो । थुकिरहन्थ्यो । चाटिरहन्थ्यो फेरि थुकिरहन्थ्यो । तर एकदिन घटनालाई बुझाउन ऊ आफ्नो समाजमा गएर सालिकको बारेमा तथानाम गाली गर्न लाग्यो । जब सबैले पहिला अबुझ भएर उसलाई साथ दिए, तब एउटा प्रस्ताव राख्ने विचार गरेर भन्यो ।

-हामी रैती भएकाले त्यो पापीको नाममा थुक दिवस मनाउँ र वर्षैपिच्छे त्यसलाई थुकौं ! हुन्छ ! भन्ने सहमति सबैको थिएन तर पनि हेराहेर गरेर बसेकाले सहमति

थुक दिवस

थुकुवाहरूको कुनै राष्ट्रिय पर्व त हुँदैन तर पनि बहस गर्न प्रयत्न गर्दथे ।

-‘अराष्ट्रिय !”

– के सन्की कुरा गर्छ, यो पाखे !

मन हरेको, मान हारेको अनि सम्मानहरूको प्यासले तृषालु बनेको मान्छे सालिकलाई पाखे एवं अराष्ट्रिय बनेर हेरिरहन्थ्यो । आँखामा पट्टि र मनमा कुण्ठा पालेको त्यो मान्छेमा खै ? किन हो, कसको रिस थियो ? उसलाई सालिकको सौम्यपन त्यसैत्यसै ननिको लाग्दथ्यो । रिसले चूर भएर आगो हुन्थ्यो ।

-तँ होस् आक्रमणकारी ! लौ खा! तेरो काट्टो !’

सालिकलाई काट्टो खुवाउन सक्ने बहादुर मानिस देखेर सडकका मानिसहरू बोल्दैनथे । बरू मनमनै पेट मिचिमिची हाँसिरहन्थे । उसलाई बाटोमा कुनै सालिक देख्यो कि औडाहा लागेर बोलिहाल्थ्यो ।

– ज्यान माराका नाइके, विस्तारवादी खस, थुक्क तेरो बुद्धि ! थुक चाटिरहन्थ्यो । थुकिरहन्थ्यो । चाटिरहन्थ्यो फेरि थुकिरहन्थ्यो । तर एकदिन घटनालाई बुझाउन ऊ आफ्नो समाजमा गएर सालिकको बारेमा तथानाम गाली गर्न लाग्यो । जब सबैले पहिला अबुझ भएर उसलाई साथ दिए, तब एउटा प्रस्ताव राख्ने विचार गरेर भन्यो ।

-हामी रैती भएकाले त्यो पापीको नाममा थुक दिवस मनाउँ र वर्षैपिच्छे त्यसलाई थुकौं ! हुन्छ ! भन्ने सहमति सबैको थिएन तर पनि हेराहेर गरेर बसेकाले सहमति जस्तो जुट्यो । पछि उसले आफै थुक दिवसको घोषणा गर्याे । थुक दिवसको पहिलो दिन जुरेथ्यो एकीकरण अभियान सन्दर्भमा ।

-हामीले तिम्रो राज्यलाई झुकाउन कहिल्यै सकेनौं बरू झुकेथ्यो, हाम्रै साम्राज्य ।’

एक खैरेले इतिहास यसरी पढेर सुनाइरहेको थियो कि तब त्यस मान्छेले फ्याट्टै भनिहाल्यो ।
-थुकेर म झुकाउँछु खुइलिएको यो साम्राज्यलाई, तर झुकाएबापत के ? -पाउँछौ नि पाउँछौ इनाम !’

थुक दिवसपछि उल्लू बनिने कुरा अरूले बुझेपछि तिनले हात झिके । त्यो मान्छेलाई जसले भेट्दथे, भन्न थाले ।
-थुक दिवस कहिले पर्छ ?
-थुक सुक्दा !
– अनि यसको निमन ?
-नाक कान घाँटी अप्रेसनको बेला !
– थुइक्क !”

त्यसपछि थुकिहिँड्ने मान्छेको नाक कान खोज्यो, अप्रेसन गरेर जोडिदिउँ भन्यो, भेदिँदैनथ्यो । बरू गल्लीमा थुकहरू जमेर दिवस मनाएको देखिन्थ्यो । थुक दिवसको सलामीबापत अमिलो थियो, मन ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x