साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेतो हात्ती

समानताको रणमैदानमा मौन बस्छन् भिष्मपितामहहरू, अनि त रक्तबिज जस्तै पल पलमा जन्मिरहेछन् शकुनिहरू ।

Nepal Telecom ad

राम आचार्य ‘पुष्पप्रेमी’ :

आजकल यत्रतत्र सुन्ने गर्छु
गणतन्त्रको धुरीबाट निस्केका
परिवर्तनका ऐरावतहरू कराएको
एकतमासे आवाजहरू,
श्रृङ्खालाबद्ध भिन्न भिन्न आवाजमा
निर्लज्ज मुस्कुराउँछन माउतेहरू,
निम्सरा बस्तीहरू कुल्चिँदै
आश्वासनका कोरा नारा गुञ्जिन्छन र
बिहानी हुनु अगावै
सपनाहरु ब्युँझिदै मर्दै गर्छन्
थुप्रै भोक ओडेर निदाएका निन्द्राहरू ।

अधिकारको लडाईंमा
कानुनको अस्त्रले सुसज्जित
ती न्यायका सेनानीहरू
जालझेलका तोप वर्षाउँदै
न्यायघरलाई कफनको विक्री मण्डी बनाएर
गरिबीलाई जोखिने गर्छ
न्यायको तराजुमा ।
समानताको रणमैदानमा
मौन बस्छन् भिष्मपितामहहरू,
अनि त
रक्तबिज जस्तै पल पलमा
जन्मिरहेछन् शकुनिहरू ।
सत्ताका अगस्तिहरू शयर गर्न
सधैँ व्यस्त छन्
गणतन्त्रको महङ्गो सेतो हात्तीमा ।

०००
झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डरलाई पनि डर

डरलाई पनि डर

राम आचार्य ‘पुष्पप्रेमी’
घात प्रतिघात

घात प्रतिघात

राम आचार्य ‘पुष्पप्रेमी’
आयो तिहार

आयो तिहार

राम आचार्य ‘पुष्पप्रेमी’
तीज संस्कृति : संस्मरण

तीज संस्कृति : संस्मरण

राम आचार्य ‘पुष्पप्रेमी’
सेतो हात्ती

सेतो हात्ती

राम आचार्य ‘पुष्पप्रेमी’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x