साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेतो हात्ती

अधिकारको लडाइँमा कानुनको अस्त्रले सुसज्जित ती न्यायका सेनानीहरू जालझेलका तोप बर्साउँदै न्याय घरलाई कफनको विक्री मण्डी बनाएर गरिबीलाई जोखिने गर्छ न्यायको तराजुमा ।

Nepal Telecom ad

राम आचार्य ‘पुष्पप्रेमी’ :

आजकल यत्रतत्र सुन्ने गर्छु
गणतन्त्रको धुरीबाट निस्केका
परिवर्तनका ऐरावतहरू कराएको
एकतमासे आवाजहरू,
श्रृङ्खालाबद्ध भिन्न भिन्न आवाजमा
निर्लज्ज मुस्कुराउँछन् माउतेहरू,
निम्सरा बस्तीहरु कुल्चिँदै
आश्वसनका कोरा नारा गुन्जिन्छन् र
बिहानी हुनु अगावै
सपनाहरु ब्युझिँदै मर्दै गर्छन्
थुप्रै भोक ओडेर निदाएका निन्द्राहरू ।

अधिकारको लडाइँमा
कानुनको अस्त्रले सुसज्जित
ती न्यायका सेनानीहरू
जालझेलका तोप बर्साउँदै
न्याय घरलाई कफनको विक्री मण्डी बनाएर
गरिबीलाई जोखिने गर्छ
न्यायको तराजुमा ।
समानताको रणमैदानमा
मौन बस्छन् भिष्मपितामहहरू
अनि त
रक्तबीज जस्तै पल पलमा
जन्मिरहेछन् शकुनीहरू ।
सत्ताका अगस्तिहरू शयर गर्न
सधैं व्यस्त छन
गणतन्त्रको महङ्गो सेतो हात्तीमा ।

०००
झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डरलाई पनि डर

डरलाई पनि डर

राम आचार्य ‘पुष्पप्रेमी’
घात प्रतिघात

घात प्रतिघात

राम आचार्य ‘पुष्पप्रेमी’
आयो तिहार

आयो तिहार

राम आचार्य ‘पुष्पप्रेमी’
सेतो हात्ती

सेतो हात्ती

राम आचार्य ‘पुष्पप्रेमी’
तीज संस्कृति : संस्मरण

तीज संस्कृति : संस्मरण

राम आचार्य ‘पुष्पप्रेमी’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x