साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयो तिहार

द्यौसेको आशीर्वाद लिएर घुम्न थाल्छ आँगनमा तिहारको अन्तिम दिन अर्थात भाइटीका पर्व । यो दिनको महानताको उचाई सगरमाथा भन्दा अग्लो छ दिदी भाइ र दाजु बहिनी बिचको आत्मियताको परिधिको मापन खै कसले ? र के ले गर्न सक्ला र ?

Nepal Telecom ad

राम आचार्य ‘पुष्पप्रेमी’ :

वर्षा ऋतुले घुम्टो खोलेर
शरदको अँगालोमा मुस्कुराउँदै
न जाडो न गर्मी
न हिलो न त धुलो
शीतलताको आँचलमा
लज्जालु मुस्कान लिएर
आयो तिहार आयो ।

प्रभातका शिशु किरणहरू
तन्देरीपना डाक्दै
धरती चुम्न निस्किरहेका छन्,
हिमाल छ्याङ्ग खुलेको,
बेँसी खेतमा वयली झुलेको,
खमारे गह्राको आलीमा
सयपत्री फुलेको,
केठेबारीमा मुड्के कोदो लर्केको,
परदेशी भाइको मन
गाउँ घरतिर फर्केको,
अनुपम खुशीका उमङ्ग लिएर
लिङ्गेपिङ र रोटेपिङको सर्कोसँगै
द्यौसी र भैलोको भाका हाल्दै
मादलुको घिन्ताङको
सुर र तालमा नाँच्दै नाँच्दै
यो साल पनि
हाम्रै घरसंघार
फेरि आयो तिहार आयो ।

निलो गगन मुन्तिर
पैयुँको रुखको टुप्पोमा बसेर
कौवाले कागतिहार डाक्न थालेको छ,
सुरक्षार्थ घरको ढोकामा बसेको पाङ्ग्रेले
सम्मान र मर्यादाको दिन
कुर्न थालेको छ,
धन धान्यकी देविको
स्तुतिको हर्ष बढाईँमा
आतुर मनहरू
झिलिमिली बत्तीको उज्यालोमा
उमङ्ग र आस्थाको दियो बाल्दै
आइपुग्छ तेस्रो दिन त्यो लक्ष्मी पूजा,
आउँछ यो चौथो दिन
श्रमका प्रतीक पौरखका
योद्धाको पुजा गर्ने हली तिहारको
उपमा बोकेर ।

कति महान् संस्कृत छ
हाम्रो परम्परा र संस्कृति?
द्यौसेको आशीर्वाद लिएर
घुम्न थाल्छ आँगनमा
तिहारको अन्तिम दिन
अर्थात
भाइटीका पर्व ।

यो दिनको महानताको उचाई
सगरमाथा भन्दा अग्लो छ
दिदी भाइ र दाजु बहिनी बिचको
आत्मियताको परिधिको मापन
खै कसले ? र के ले गर्न सक्ला र ?
यमराजलाई पनि छेक्दै
माइतीको चिरन्जिवीको कामना गर्ने
चेलीको अकन्टक चाहनालाई
कुन बज्रले तोड्न सक्ला र ?

त्यो दिनको चेली माइतीको खुशीले
जीवन मात्र होइन, मृत्यु भुलाउँछ,
सयपत्री मखमली माला र
सप्तरङ्गी टिकाले
चेली माइती बिचमा
भ्रातृत्व प्रेमको सर्वत घोल्छ,
त्यो दिनमा सबै मान्छे
मान्छे होइन मानव देखिन्छ
नारी र पुरुष होइन
चेली माइति ठानिन्छन,
आहा कति विराट महत्व छ-
यस्तो संस्कृति र सामाजिक विविधताभित्र
मानवताको सन्देस बोकेर
प्रेमको झरी बर्साउँने
एक मात्र पर्व तिहार ।
यहि उमङ्ग र हर्षको
द्यौसी र भैलीको
टीका र मालाको
प्रेम र सद्भावको पर्व
आयो तिहार आयो ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डरलाई पनि डर

डरलाई पनि डर

राम आचार्य ‘पुष्पप्रेमी’
घात प्रतिघात

घात प्रतिघात

राम आचार्य ‘पुष्पप्रेमी’
सेतो हात्ती

सेतो हात्ती

राम आचार्य ‘पुष्पप्रेमी’
तीज संस्कृति : संस्मरण

तीज संस्कृति : संस्मरण

राम आचार्य ‘पुष्पप्रेमी’
सेतो हात्ती

सेतो हात्ती

राम आचार्य ‘पुष्पप्रेमी’
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x