साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जवानीको जानकारी

प्रभातकालीन जवानीले सताउँदा सही ढङ्गले काम गर्न अलि अप्ठेरो पर्छ भने छोड्दो जवानीमा जिम्मेवारीको बोझले पिरोल्ने, रूवाउने, थला बसाउने गर्छ । सुरूमा ठडिएका शरीरका इन्द्रियहरु जवानी ढल्केपछि स्वतः कोल्टे पर्न थाल्छन् ।

Nepal Telecom ad

शेषराज भट्टराई :

जन्मिएर बालावस्था तय गरेपछि जवानावस्था अनिवार्य मानिन्छ । जिउँदो प्राणीलाई एकचोटी जवानीले रनभुल्ल पार्छ, च्याप्छ, कन्याप्छ र ग्रस्त तुल्याउँछ, फलतः उसको हाउभाउ, चालचलन यावत् लक्षणबाट जवानीले पीडित रहेछ भन्ने तथ्य प्रत्यक्ष नदेख्ने विरलै होलान् । जवानीको संघारमा टेकिसकेका हुन् या संघार कटेर भित्रिएका जवानको अव्यक्त वेदनालाई छिद्रान्वेषण गरेर निजी भावना सार्वजनिक गर्नु एक अर्थमा मुख्याइँ नै हो भने अर्को अर्थमा तन्नेरी अवस्थामा आकस्मिक देखापर्ने नानाभाँतीका लक्षणसम्बन्धी बोध गराउँदै निदान तथा निराकरणका मार्गहरू पत्ता लगाई भलो गर्नु परोपकार तथा उपकार गर्नैपर्ने आफ्नो धर्म ठानेको छु ।

मानव शरीरमा हुने क्रमिक परिवर्तनले कुतकुत्याउँदा जवानहरू भरमार लजाएर जवानीले छोपेको परिचय दिन्छन् । भाले पोथीसँग लजाउने र पोथी भालेसँग लजाउने गर्दागर्दै ख्याल ख्यालमा एउटाले अर्काको शरीर रुचाउने लाज पचाउन पछि पर्दैनन् र दाम्पत्य जीवनको दाम्लो बाटिन पुग्छ । प्रारम्भमा दाम्पत्य जीवनको दाम्लो किलकिलेमा बाटिँदा असीमानन्द लागे पनि कालान्तरमा एउटाले छोरो पाउने भन्छ अर्काले छोरी पाउने भन्छ, एउटाले थोरै पाउने भन्छ, अर्काले बग्रेल्ती पाउने भन्छ । गर्दा भन्दा स्वतः सैद्धान्तिक भिन्नता हुँदाहुँदै दाम्लो बाटियोस्, साटियोस् वा काटियोस् । नियतिको खेल कसैलाई हदै प्यारो हुन्छ भने कसैलाई हदै गान्हो भएर नै होला भारतमा रसिलो गीतै रचियो- ‘जब से हुई है शादी आँसु बहारहा हुँ, आपत गले पडी है उसको निभा रहा हुँ ।

समय सान्दर्भिक पीडितोपयोगी आफ्नै लागि रचिएजस्ता गीतहरू जवानीकै फन्दा वा धन्दामा जेलिंदा पछुताउँदै आँसु चुहाउँदै आत्मसन्तुष्टिका लागि रचिन पुग्छन् क्यार । जोकोही दम्पती यस्ता गीतको पछि लागेकै हुन्छन् ।

पूणर् जवानीले भरपुर प्राणीका सारा इन्द्रियहरू अत्यन्त सक्रिय मानिन्छन् । अत्यधिक सक्रियताको कारण यिनको निद हराम हुने, धैर्य धारण तथा संयमीपन अत्यन्त कम कसैलाई टेरूँ-टेरूँ र बालवृद्धलाई हेरूँ हेरूँ पनि लाग्दैन । जवान जवानी मिलेर एकार्काको दाईं गर्नुबाहेक अन्यत्र यिनको न त ध्यानै जान्छ न त मनै । खहरे गडगडाए रक्तसञ्चार भइराखेको हुनाले अङ्ग-प्रत्यङ्गमा जादूको तालमा विकास वा निकास भइराखेको हुन्छ । परिवर्तनको कारक तत्त्व प्रकृति भएको हुनाले यसलाई रमाइलो मान्दै तन्नेरी वाल्ल वा ट्वाल्ल परेर हेरी मात्र रहनु प्राणी जगत्को सराहनीय अत्यासलाग्दो संयमता हो । बिछट्टै उदेकलाग्दो, पट्यारलाग्दो संयमता भङ्ग भएपछि नै प्राणीले जवानीमा एकार्काको अङ्ग- प्रत्यङ्गको रसास्वादन गर्न पुग्छ । यस्ता सही कदमलाई कानुनले सहँदै आएको छ र बुझ नपचाई भन्ने हो भने समाजले पनि सहने संस्कार बसेको छ नि !

विना इजाजत कोही कसैमाथि जाइलाग्नु वा आइलाग्नु भनेको चरित्रहीन हुनु हो । कानुन सबैलाई बराबर भए पनि मन्त्री, सांसदजस्ता राष्ट्रिय अङ्गलाई यसले कुनै लछारपाटो नलगाउँदा भरमार दुःख त लाग्छ नै । जवान हो, जवानी भयङ्कर कहाली लाग्दो गरेर भरिन्छ र खुब होसियारीपूर्वक यसलाई पस्किन सक्नुपर्छ । अन्यथा झरिलो जवानीलाई कुमार्गमा हेलेर निन्याउरो मुख लगाउँदै वल्लो ठाना र पल्लो ठाना गर्दागर्दै लालीजोवन ओइलाएरै खेर फाल्नु चाहिँ पानीमरुवापन हो नि ।

एक सुरले हिँडिरहेको तन्नेरीको जवानी कुन अवस्थामा पुगेको छ अनुभवी वा भुक्तभोगीले नछोइकनै पत्ता लगाउन सक्छ । उदाहरणका लागि उमेर पुगेका छोराछोरीलाई जीवनसाथी रोजाउँदा एउटाले ‘आँ गर्‍यो’ भने ‘अर्काले अलङ्कार’ बुझिसकेको हुन्छ । फलतः स्वीकृतिसूचक धार्नीको टाउको छुनुमुनु पार्ने गर्छन् र कोल्टे आँखा तर्छन् । यसलाई जवानीको विशेषताको रूपमा लिने गरिन्छ ।

प्राणीले जवानी चाहेर प्राप्त गर्न सक्दैन । जवानी चाहेर प्राप्त गर्न सकिन्थ्यो भने धेरै बुढाबुढीहरूको चेहरामा आमूल परिवर्तन हुन्थ्यो होला । जवानी कहलाउन वा लहलहाउन शरीरका यावत् अङ्गहरुको आवश्यक विकास भएको हुनुपर्छ । नेपालको प्रजातन्त्र अझै पनि वयस्क वा जवान भइसकेको छैन । बालावस्था पार गरेपछि स्वतः जवानीको थाहा नपाइँदा अनुभवहरू बढ्दै जान्छन् । आ-आफ्नो जवानीलाई वरण गर्नु, जवानको शरण गर्नु र लाज पचाएर इलाज गर्नु प्राणी मात्रको नियम हो ।

प्रभातकालीन जवानीले सताउँदा सही ढङ्गले काम गर्न अलि अप्ठेरो पर्छ भने छोड्दो जवानीमा जिम्मेवारीको बोझले पिरोल्ने, रूवाउने, थला बसाउने गर्छ । सुरूमा ठडिएका शरीरका इन्द्रियहरु जवानी ढल्केपछि स्वतः कोल्टे पर्न थाल्छन् । इन्द्रिय निस्क्रिय हुनु नै आफ्नो पूणर्कदबाट जवानी विस्थापित हुनु हो । यसरी जवानी स्खलन वा विस्थापित हुनुलाई अपशकुनको रूपमा भने कसैले पनि लिने गरेको पाइँदैन ।

जवानीमा कालो रसिलो देखिने केशराशि विस्तारै पलाँस फुल्न थाल्छ । केही समय हिउँ रङको जुल्फी हेर्दै मन भुल्छ । टिमिक्क तन्किएको छाला जवानीको चाल नपाइँदो छोडाइसँग खुम्चिन र चाउरिन थाल्दा भतभती मन पोल्छ । ललाटमा चाउरिएका आली र गिजा खाली भएपछि हरे राम । सीताराम । भन्दै केही समय रन्थनियो र पूर्ण जवानीमा पूरा गरेका पाप पुण्यको प्रायश्चित गर्दै कालकै जीतसँग आजित हुँदै जवानीसँग पराजित हुने परिपाटी पुर्खाले रचेको होइन कि प्रकृतिकै नियम हो ।

०००
ऋषिमुनिका सन्तान सिसीमुनि (२०५९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x