साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अङ्गार, अभिमान र हामी

आयो नग्न बनी जियो सकसमा रित्तो बनी जानु छ जाँदा भूमि हिरण्य शक्ति कटुता बोकेर के लानु छ छाडी जान सकिन्न कीर्ति जिउँदा पाले निकम्मा हठ तालीयोग्य हुँदैन मातृमुटुमा कुल्चेर नाच्ने शठ ।

Nepal Telecom ad

जयदेव गोविन्द :

छानाले जति अग्लिएँ भनिरहोस् ठाडो बनाई शिर
गारो थाम बलो निदाल नरहे बज्रिन्छ धर्तीतिर
टुप्पाबाट पलाउने मनुजमा पाइन्न भित्री गुदी
जिल्ला दौड बसाह के मृगसँगै बाजी लगाई कुदी ।१।

आगामा जल दूध उम्लिरहने आगो रहेसम्म हो
चङ्गाको गति दूर फैलिरहने धागो रहेसम्म हो
मान्छे हैकमबाट बाँचिरहने टेर्ने रहुञ्जेल हो
जस्तो बन्दुकको बढी भय हुने गोली छउञ्जेल हो ।२।

डुङ्गा तार्न किनारदेखि बहना चाहिन्छ तार्नेसित
गर्जो टार्न सुयोग्य वस्तु रुपियाँ चाहिन्छ टार्नेसित
भित्री तागत निम्नसम्म नभए के काम हुङ्कारको
यात्राको गति वारसम्म नपुगे भेट्टाउला पार को ।३।

आयो नग्न बनी जियो सकसमा रित्तो बनी जानु छ
जाँदा भूमि हिरण्य शक्ति कटुता बोकेर के लानु छ
छाडी जान सकिन्न कीर्ति जिउँदा पाले निकम्मा हठ
तालीयोग्य हुँदैन मातृमुटुमा कुल्चेर नाच्ने शठ ।४।

दानोसम्म गरिन्न सञ्चय भने गोदामको काम के
तातोसम्म हुँदैन बिस्कुन भने त्यो घामको काम के
पाखण्डी अभिमानले अमरता पाइन्न संसारमा
के आभूषण बन्दथ्यो जलपले पोतेर अङ्गारमा ।५।

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झेल, ताण्डव र देश

झेल, ताण्डव र देश

जयदेव गाेविन्द
अहम् !

अहम् !

जयदेव गाेविन्द
ए मूर्ख मान्छेहरू

ए मूर्ख मान्छेहरू

जयदेव गाेविन्द
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x