सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वृद्धाश्रमबाट आमाको पत्र

मानौं कुनै नन्दन देखिए झैं पीयूष आफैंतिर बर्सिए झैं । त्यो ओठमा आज जुँगा पलायो शरीरमा तागत जोस आयो हाल्यौ पखेटा गुँड फेर्न थाल्यौ आफ्नी चरीको मुख हेर्न थाल्यौ ।

Nepal Telecom ad

जयदेव गोविन्द :

बाँच्तै छु छोरा ! प्रभुका कृपाले
लिँदै छु चक्की दम बल्झनाले
खडा छु वृद्धाश्रम कुर्नलाई
कस्तो छ तिम्रो परिवारलाई ?

यो वक्षमा जर्जर शुष्कता छ
यो काखमा दारुण रिक्तता छ
विरक्ति बन्दै छ घनिष्ट मित्र
अतीतले घोच्तछ भित्रभित्र ।

छोरा ! हिजोका दिन सम्झँदै छु
सोच्तै छु आफैं “किन सम्झँदै छु “
चिथोर्छ आँखा सपना भनूँ के
छन् दृश्य खाली विपना भनूँ के ।

प्रदीप्ति तिम्रो जब झुल्किएथ्यो
यो काख वृन्दावन झैं बनेथ्यो
असङ्ख्य नौला सपना लिएर
हेर्थेँ यसोदासरि फुर्किएर ।

तिमी रुँदा यो परिवेश कालो
खुसी हुँदा विश्व थियो उज्यालो
कदापि मेरो ममता सुकेन
सर्वाङ्ग दुख्ता मनमा दुखेन ।

यो काखमा नाद निनाद गर्थ्यौ
सानो खुसीमा पनि दङ्ग पर्थ्यौ
प्रमोदको भाव दिई विचित्र
फुर्केर हेर्थ्यौ शशि थालभित्र ।

त्यो ओठले वक्ष छुँदा अचम्म
हराउँथें दूर अनन्तसम्म
मानौं कुनै नन्दन देखिए झैं
पीयूष आफैंतिर बर्सिए झैं ।

त्यो ओठमा आज जुँगा पलायो
शरीरमा तागत जोस आयो
हाल्यौ पखेटा गुँड फेर्न थाल्यौ
आफ्नी चरीको मुख हेर्न थाल्यौ ।

सफा छ अग्लो दरबार तिम्रो
होला खुसीमा परिवार तिम्रो
त्यहीँ छँदा चाउरिँदै थिएँ म
झुम्री हुनाले पर मिल्किएँ म ।

तिम्रो बढ्यो जीवनको उचाइ
त्यहाँ सुहाउन्नँ म बस्नलाई
यी पाउ राख्ता घर मैलिएला
खोकी बढे चैन बिथोलिएला ।

तिम्रा पिता धेर दुखेर छाती
रुँदै गुहार्दै हुनुहुन्छ माथि
अवश्य भेट्ने छु गई तुरुन्त
यो प्राणको होस् पलभित्र अन्त्य ।

डुब्दै छु छोरा ! चिर नींदभित्र
उल्लास होस् त्यो मनमा विचित्र
नआउनू भेट्न तिमी मलाई
तिम्रो सदा उन्नति होस् बधाई ।

०००
नुवाकोट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अहम् !

अहम् !

जयदेव गाेविन्द
ए मूर्ख मान्छेहरू

ए मूर्ख मान्छेहरू

जयदेव गाेविन्द
मर्नु हो

मर्नु हो

जयदेव गाेविन्द
औकात

औकात

जयदेव गाेविन्द
कर्तव्य र ईश्वर

कर्तव्य र ईश्वर

जयदेव गाेविन्द
छेपारोको कथा

छेपारोको कथा

राजेन्द्रप्रसाद अधिकारी
सन्तान थरीथरीका

सन्तान थरीथरीका

खोलाघरे साहिँलोे
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन