साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

हामीलाई समय कहिले हुन्छ सोच्ने अरूको ? आफ्नो भन्ने अलग चिज नै हुन्न आमाहरूको ! आमा तिम्रो विपुल ममता दिव्य मेरो कमाइ धेरै हिँड्ने रहर छ अझै अङ्गुली ती समाई ।

Nepal Telecom ad

साेम निराैला :

आमाभन्दा सरस र महान् शब्द केही हुँदैन
आमाभन्दा सुमधुर कुनै साइनो पाइँदैन
आमा हाँसे सुखसयलको ज्यूनुको अर्थ हुन्छ
आमा रोए धन पद त के जिन्दगी व्यर्थ हुन्छ ।१

आमाभन्दा सुरगणहरू माथि छैनन् कदापि
ढुङ्गा पुज्ने जनक जननी बिर्सिने छौँ तथापि
मैले सोच्ने समय पनि हो यो झुकाएर माथ
आमालाई कति दिन सकेँ मान सम्मान साथ ।२

हाँस्दा खेल्दा वरिपरि सयौं मित्र आफन्त हुन्छन्
आमा हुन्छिन् नजिक दुखमा अन्य टाढा रहन्छन्
पैसा ऊर्जा जमिन घरले व्यक्ति बन्दैन वीर
आमा भन्दा `हजुर´ जसले सुन्छ ऊ हो अमीर ।३

छोड्छन् बच्चा रुन यदि मुमा छेउमा देखिएमा
घट्छन् पीडा अलिक उनले माथ छोई दिएमा
आमा आमा यति जप गरे जप्नु पर्दैन राम
आमा हाँस्दा झलमल भई झोपडी बन्छ धाम ।४

हामीलाई समय कहिले हुन्छ सोच्ने अरूको ?
आफ्नो भन्ने अलग चिज नै हुन्न आमाहरूको !
आमा तिम्रो विपुल ममता दिव्य मेरो कमाइ
धेरै हिँड्ने रहर छ अझै अङ्गुली ती समाई ।५

आमा बस्ने जुन हृदयमा ठाउँ केही हुँदैन
आमा देख्दा जुन हृदयमा चस्स केही छुँदैन
आमा सम्झी जुन हृदयमा हुन्न कर्तव्यबोध
ढुङ्गो हो त्यो हृदय नभई जन्तु हो ऊ अबोध ।६

०००
इलाम, नेपाल ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x