सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छ मोतीप्रति लाख कोटी

रची कलाको युग भिन्न एक, बुट्टा भरी अक्षरमा अनेक, टाढा हुँदा शब्दहरू रुँदैछन्, मोतीविना भानु हराउँदै छन् ।

Nepal Telecom ad

लेखी सयौँ काव्य सुधा समान
सजाउने काव्यिक आसमान
उत्प्रेरणाका अति उच्च ज्योति
साहित्यमा छन् अनमोल मोती

रचेर मिठ्ठा मतला र सेर
शृङ्गारका लाख इँटा थपेर
साहित्यमा मार्ग दिने समुच्च
मोती स्वयंमा इतिहास उच्च

हुँदैछ भाषा अलपत्र आज
विवेक अन्धो बहिरो समाज
हुँदैछ आशा अब चूणर् चूणर्
मोतीविना शब्द भएन पूणर् ।।

रची कलाको युग भिन्न एक
बुट्टा भरी अक्षरमा अनेक
टाढा हुँदा शब्दहरू रुँदैछन्
मोतीविना भानु हराउँदै छन् ।।

खाँचो छ तिम्रो अझ देशलाई
राम्रै छिटो लान्छ कि काल आई
फर्केर आऊ अब एक चोटि
श्रद्धा छ मोतीप्रति लाख कोटी

०००
इलाम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल