साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा कहाँ होलान् !!

झन स्वर्ग पुग्न त कति लाग्छ लाग्छ । पण्डित बाजेले स्वर्ग पठाउने ट्राभेल एजेन्सी नै खोलेको भए पनि किन गाई, हात्तीबाट पठाउनु जेट, रकेट, बोइङबाट पठाउनू नि !

Nepal Telecom ad

पण्डित त भन्छ
चौरासी हजार जुनी पार गरेर मान्छे बन्छ
बा के बने होलान्
बा काग पो बने कि ?
बालाई सम्झदै कागलाई भेटुँ भने
फेरि अर्कैको बा पर्लान्
बकुल्लालाई ढोगुँ भने अर्कैको बा पर्लान्
यति जुनी हुन्छ भन्ने पण्डितले
अहिले तिम्रो बा यो बनेका छन् भनेर
हेर्न सक्ने दुर्बिन बनाउनु पर्थ्याे
बा यो भा छन् कि त्यो भा छन् भनेर
आज किन टाउको कनाउनु पर्थ्याे ?

एउटा प्रश्नले घोचिरहन्छ
दिमागले पनि यही सोचिरहन्छ
मेरा बा आज कहाँ होलान ?
पातलमा होलान कि स्वर्गमा होलान्
रसातलमा होलान् कि नर्कमा होलान्
फेरि गाईदान पनि लगेनन् पण्डितले
टिकट नै काट्ने जस्तो क्यासै मागे
बैतर्नी कसरी तराउँछन्
बालाई कसरी पठाउँछन् ?

अहिलेको जमानामा त
त्यो बैतर्नी घाटमा पनि
पानीजहाज होलान्
बोट ईन्जिन होलान्
बाको लागि बोटको टिकट कटाए कि
पानीजहाजको टिकट कटाए
कि आँफै भोट्का खाएर बालाई हिँडाए ?
बालाई म्यानपावरले अलपत्र पारे जस्तो
बैतर्नी घाटमै अलपत्र पो पारे कि ?
नेपालीलाई अमेरिका लाने अजेन्टले जस्तो
कतै समुद्रतिर लगेर पो झारे कि ?
मेरो बा कहाँ होलान् ?

पण्डित त त्यै पुरानो किताब पढ्याछन्
अब त्यो किताब नि फेर्नु नि !
यसो नयाँ नयाँ कुरा पनि हेर्नु नि !
यत्रो रकेट, जेटको जमाना आइसक्यो
त्यै गाई गाई भनेको छ
अरुलाई बेकुफ बनाछ
आफू पनी बेकुफ बनेको छ
हात्ती घोडा चढेर पृथ्वीको
एउटा कुनाबाट अर्को कुना पुग्न कैयौ बर्ष लाग्छ
झन स्वर्ग पुग्न त कति लाग्छ लाग्छ
पण्डित बाजेले स्वर्ग पठाउने
ट्राभेल एजेन्सी नै खोलेको भए पनि
किन गाई, हात्तीबाट पठाउनु
जेट, रकेट, बोइङबाट पठाउनू नि !

फेरि भन्छन्- मान्छे पञ्चतत्वले बनेको
मरेपछि पानी अग्नि हावा भएर बिलिन हुन्छ
मेरा बा पानी बने कि हावा बने
न पण्डितले भने न अगुवाले भने
हावा बनेको भए कता उडिरा होलान्
पानी भाभए झरीसङ्गै झरे होलान्
खोला, नाला, तालमा परे होलान्
त्यै भएर हो कि मान्छेले बालाई सम्झदै
खोला पोखरीमा पिण्ड दान गरे होलान्
कतै बा माटो बने कि ?
म अलिक गम्भीर हुन्छु
बालाई सम्झदै आज पनि
एक मुठी माटो छुन्छु
बा कहाँ होलान्
बा जहाँ भए पनि
बा हृदयमा पनि होलान्
हृदयदेखि प्रार्थना गर्छु
बा जहाँ भए पनि सुखी होलान् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x